प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन्।
साँझ ६ बजेका लागि मन्त्रिपरिषद बैठक र बैठकका एजेन्डा भने सार्वजनिक नगरिएको एक मन्त्रीले जानकारी दिए।
‘साँझ ६ बजेलाई बैठक बोलाइएको छ’, नेपालखबरसँग ती मन्त्रीले भने, ‘नियमित एजेन्डामा छलफल होला, विशेष एजेन्डा त खुलाइएको छैन।’
प्रचण्ड–नेपाल नेतृत्वको नेकपाका ७ मन्त्रीले राजीनामा दिएपछि पहिलोपटक मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो।
बिहीबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले मन्त्रिमण्डल पुनर्गठन हुने कुरा बताएका थिए। त्यबारे पनि केही नखुलाइएको ती मन्त्रीले बताए।

प्रतिक्रिया