ad ad

राजनीति


ओली समूहले गरेको निर्णयप्रति नेकपा नेतृ झाँक्रीको टिप्पणी : यही त हो नि नीरमाया विधि भनेको !

ओली समूहले गरेको निर्णयप्रति नेकपा नेतृ झाँक्रीको टिप्पणी : यही त हो नि नीरमाया विधि भनेको !

नेपालखबर
पुस ८, २०७७ बुधबार ०:४,

सत्तारूढ दल नेकपाको केन्द्रीय कमिटी बैठक पहिलोपटक मंगलबार अलग-अलग बस्यो।

अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान बालुवाटारमा आफू पक्षीय केन्द्रीय सदस्य भेला गराए भने दिउँसो प्रचण्ड-नेपाल पक्षले बैठक गर्‍याे।

मंगलबार भएका केन्द्रीय समितिका समानान्तर बैठकमा सदस्यको उपस्थिति हेर्दा पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले नेतृत्व गरेको पक्ष स्पष्ट रूपमा बहुमतमा देखिएको छ।

प्रधानमन्त्री ओलीले विद्यमान समितिमा आफू अत्यन्त कमजोर रहेको चाल पाएपछि मंगलबार नै ४ सय ४७ सदस्यीय केन्द्रीय समितिलाई बढाएर ११ सय ९९ सदस्यीय जम्बो समितिमा परिणत गरेका छन्।

त्यसका लागि उनले ५ सय ४६ संख्या थप गर्दै १ हजार ३ सदस्य पुर्‍याएको मंगलबारको उनीपक्षीय केन्द्रीय समितिमा घोषणा गरेका छन्। थप गरेपछि पनि ११ सय ९९ मध्ये १ सय ९६ सिट रिक्त रहेको बताइएको छ।

यसैविरुद्ध एमाले खेमाकै नेतृ रामकुमारी झाँक्रीले कटाक्ष गरेकी हुन्।

उनले ट्विटरमा लेखेकी छन्, ‘क. खड्गप्रसाद ओलीले केन्द्रीय कमिटीको पूर्ण संख्याको एकतिहाइको बैठकले, कमिटीको पूर्ण संख्याको तीनतिहाइ थपेर कमिटी विस्तार गरेछन्।
यही त हो नि नीरमाया विधि भनेको !!???’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .