ad ad

समाज


नेपालको होटलमा युवतीसँग आपत्तिजनक अवस्थामा भेटिएको अभियोगमा भारतका ३ न्यायाधीश बर्खास्त

नेपालको होटलमा युवतीसँग आपत्तिजनक अवस्थामा भेटिएको अभियोगमा भारतका ३ न्यायाधीश बर्खास्त

नेपालखबर
पुस ७, २०७७ मंगलबार २३:४४,

नेपालमा ‘युवतीसँग आपत्तिजनक स्थिति’मा भेटिएको अभियोगमा भारतको बिहार राज्यका २ न्यायाधीशलाई पदबाट बर्खास्त गरिएको छ।

बिबिसी हिन्दीका अनुसार हरिनिवास गुप्ता, जितेन्द्रनाथ सिंह र कोमल शामिललाई न्यायाधीशबाट बर्खास्त गरिएको हो। उनीहरू केही वर्षअघि नेपालको विराटनगरस्थित एक होटलमा युवतीसँग आपत्तिजनक अवस्थामा फेला परेका थिए। नेपालकै प्रहरीले छापा मार्दा पक्राउ परेका उनीहरूलाई रिहा गरिए पनि त्यो विषय सञ्चारमाध्यममा आएको थियो।

जतिबेला गुप्ता परिवार अदालत, समस्तीपुरका प्रमुख न्यायाधीश, जितेन्द्रनाथ सिंह अररियामा अतिरिक्त जिल्ला न्यायाधीश र कोमल राम अररियामा अतिरिक्त न्यायाधीश(सह(मुख्य न्यायिक मजिस्ट्रेट पदमा रहेको न्युज एजेन्सी पिटिआईले जनाएको छ।

घटनापछि पटना उच्च अदालतले उनीहरूविरुद्ध अनुसन्धान गर्न आदेश दिएको थियो। त्यस क्रममा उनीहरू दोषी ठहर भई बर्खास्तीमा परेका हुन्। यो फैसलाविरुद्ध उनीहरूले सर्वोच्च अदालतमा अपिल त गरेका थिए तर त्यो गत वर्ष खारेज भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .