राजनीति


पार्टी एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृत्तिविरुद्ध एकतावद्ध भएर उभिन प्रचण्डको आग्रह

पार्टी एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृत्तिविरुद्ध एकतावद्ध भएर उभिन प्रचण्डको आग्रह

नेपालखबर
पुस ६, २०७७ सोमबार ५:५०,

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्र र कम्युनिस्ट आन्दोलनका निम्ति पार्टी एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृत्ति र तत्वहरुका विरुद्ध एकतावद्ध भएर उभिन आग्रह गरेका छन्।

सोमबार एक विज्ञप्ति प्रकाशित गर्दै अध्यक्ष प्रचण्डले पार्टी एकतावद्ध रहेको र कुनै व्यक्तिको पार्टी, राष्ट्र र जनता विरोधी कार्यले पार्टीको एकतालाई कुनै तात्विक असर नपार्ने बताएका छन्।

‘राष्ट्रको समृद्धि र नेपाली कम्युनिष्ट आन्दोलनको भविष्यका निम्ति पार्टी एकतालाई कमजोर पार्ने सबै प्रकारका प्रवृत्ति र तत्वहरुका विरुद्ध एकतावद्ध भएर उभिन तथा कुनै व्यक्तिको पार्टी विरोधी गतिविधिले एकीकृत पार्टीको संरचना र पार्टी एकतालाई भत्काउन सक्ने छैन र त्यसप्रकारको कुनै भ्रमात्मक प्रचारमा नपर्न पनि म सबैलाई अपिल गर्दछु’, प्रचण्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

उनलेले नेपाली जनताले ठूलो त्याग र बलिदानपूर्ण संघर्षको परिणाम स्वरुप प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रसहितको राजनीतिक परिवर्तनको रक्षा गर्नु आजको ऐतिहासिक कार्यभार बताएका छन्।

‘हाम्रो पार्टी एकतावद्ध छ र कुनै व्यक्तिको पार्टी, राष्ट्र र जनता विरोधी यसप्रकारका कार्यले हाम्रो पार्टीको एकतालाई कुनै तात्विक असर पर्नेछैन’, अध्यक्ष प्रचण्डद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको प्रतिनिधसभा विघटन गर्दै नयाँ निर्वाचनको घोषणा गरेकी थिइन्।

अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीले चालेको प्रतिनिधि सभा विघटनको असंवैधानिक, अलोकतान्त्रिक, निरंकुश, पश्चगामी एवम् स्वेच्छाचारी कदमलाई आइतबार बसेको स्थायी कमिटीको बैठकले विरोध एवम् भत्र्सना गर्दै पूर्ण रुपमा अस्वीकार गर्ने ओलीलाई अनुशासनको कारबाहीका निम्ति स्पष्टीकरण माग्ने निर्णय गरेको स्मरण गराएका छन्।

 Image may contain: text

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad