कारोबार


कारोबारको पहिलो घण्टामै ३ प्रतिशतले घट्यो सेयरबजार

कारोबारको पहिलो घण्टामै ३ प्रतिशतले घट्यो सेयरबजार

नेपालखबर
पुस ६, २०७७ सोमबार ५:५५,

साताको दोस्रो कारोबार दिन सेयर बजारमा पहिरो गएको छ। नेप्से परिसूचक कारोबारको पहिलो घण्टा चलिरहँदा ५८.०३ अंकले अर्थात् ३ प्रतिशतले घटेको हो।

क वर्गका कम्पनीको कारोबार मापक सेन्सिटिभ सूचक पनि २.९३ प्रतिशत अर्थात् १०.८४ अंकले ओरालो लागेको छ। ११ः३४ बजेसम्म १ सय ५८ कम्पनीको १५ लाख २९ हजार कित्ता सेयर किनबेच भएो छ। अहिलेसम्म ९ हजार ४ सय ९७ पटक खरिदबिक्री भएको छ भने १ अर्ब ७ करोडको सेयर किनबेच भएको छ।

share 34 today

अहिलेसम्म नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको २० करोडको र पुनर्बीमा कम्पनीको १३ करोडको कारोबार भएको छ।

आइतबार प्रतिनिधिसभा विघटन भएसँगै राजनीतिक असर सेयरबजारमा देखिएको हो। यसअघि उछाल आइरहेको सेयरबजार हिजो पनि उच्च अंकले गिरावट आएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad