जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले लक्ष्मण थारुलगायतलाई जन्मकैद फैसला गरिएकामा आपत्ति जनाएका छन्।
‘यथास्थितिको रक्षार्थ कानुन/अदालत बन्छन्। अतः उत्पीडित थारू जातिको मुक्ति अभियानमा लागेका सांसद रेशम चौधरी, लक्ष्मण थारूलगायतका थारू नेतालाई अदालतले दोषी ठान्नु नौलो भएन,’ पूर्वप्रधानमन्त्री डा. भटटराईले शुक्रबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘विडम्बना झापा विद्रोह र जनयुद्धका नायकहरूको राजमा थारू विद्रोह अपराध ठहरियो ! यो अन्याय सह्य छैन। थारू नायकहरूलाई सलाम !’
याे पनि : उच्च अदालतले पनि सुनायो रेशम चौधरीलाई जन्मकैदकै फैसला

प्रतिक्रिया