ग्लोबल


अली खामेनीको अन्तिम संस्कार भइरहँदा के भने ट्रम्पले?

अली खामेनीको अन्तिम संस्कार भइरहँदा के भने ट्रम्पले?

नेपालखबर
असार २०, २०८३ शनिबार २०:५१, काठमाडौँ

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान अमेरिकासँग सम्झौता गर्न आतुर रहेको दाबी गरेका छन्।

उनले अमेरिकाले इरानलाई आफ्ना पूर्वसर्वोच्च नेता अली खामेनीको अन्त्येष्टि संस्कार पूरा गर्न एक हप्ता समय दिएको पनि बताएका छन्।

ट्रम्पले अमेरिका स्थापनाको २५०औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा उक्त अभिव्यक्ति दिएका हुन्। उनले माउन्ट रसमोरमा सम्बोधन गरेका हुन्। 

ट्रम्पले भने, ‘हामीले संसारको सबैभन्दा बलियो र शक्तिशाली सेना निर्माण गर्‍यौँ। हामीले दुई विश्वयुद्ध, शीतयुद्ध जित्यौँ र अमेरिकाका शत्रुहरूलाई इतिहासको गहिराइमा पुर्‍यायौँ।’

उनले थपे, ‘हामीले भेनेजुएलालाई एकै दिनमा हरायौँ र इरानलाई नराम्रोसँग पराजित गर्‍यौँ। अब तिनीहरू सम्झौतामा पुग्न आतुर छन्। तिनीहरू धेरै हतास छन्। हामीले तिनीहरूलाई अन्त्येष्टि संस्कार पूरा गर्न एक हप्ता दिएका छौँ। किनभने हामी असल छौँ।’

गत फेब्रुअरी २८ मा अमेरिका-इजरायलको संयुक्त हवाई हमलमा मारिएका खामेनीको अहिले अन्त्येष्टि समारोह जारी छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad