राजनीति


संविधान संशोधन कार्यदलले असारभित्र प्रतिवेदन बुझाउने

संविधान संशोधन कार्यदलले असारभित्र प्रतिवेदन बुझाउने

नेपालखबर
असार २०, २०८३ शनिबार २०:५८, काठमाडौँ

संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलले असार मसान्तभित्र सरकारलाई प्रतिवेदन बुझाउने बताएको छ।

प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार समेत रहेका संविधान संशोधन बहसपत्र तयार गर्न गठित कार्यदलका संयोजक असिम शाहले अन्तिम चरणमा पुगेको बताए। नयाँ सरकार बनेको सय दिन पुगेको अवसरमा सिंहदरबारमा शनिबार आयोजित पत्रकार सम्मेलनका क्रममा शाहले संविधान संशोधनको मस्यौदा तयार गर्ने कार्यदलले आफ्नो काम गरिरहेको जानकारी दिए। 

‘संविधान संशोधनको मस्यौदा तयार गर्ने कार्यदलले आफ्नो काम गरिरहेको छ। यसमा अब असारको मसान्त भित्रमा यसको प्रतिवेदन बुझाउने सम्माननीय प्रधानमन्त्री समक्ष बुझाउने हाम्रो कार्यक्रम रहेको छ,’ शाहले भने। 

कार्यदलले सरोकारवाला निकाय, संविधानविद् र विभिन्न राजनीतिक दलसँग छलफल गरेको र अब प्रतिवेदन तयार गर्ने क्रममा रहेको उनको भनाइ छ। ‘हामीले विभिन्न सरोकारवाला निकाय, संविधानविद्देखि लिएर सबै जनासँग हामीले छलफल गरेका छौँ। विभिन्न राजनीतिक दलहरूसँग छलफल गरिरहेका छौँ,’ उनले भने।

संयोजक शाहले प्रतिवेदन लेखनको चरणमा कार्यदल प्रवेश गरेको पनि बताए। ‘अब हामी एउटा लगभग प्रतिवेदन लेखन–लेखन तिरको अवस्थामा आइपुगेका छौँ र त्यो तयार भइसकेपछि हामीले यसको जानकारी गराउँछौँ,’ उनले भने। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad