जुलाई ९ तारिखसम्म चल्ने इरानका पूर्वसर्वोच्च नेता अयातोल्लाह अली खामेनीको अन्त्येष्टि समारोह अहिले देशको राजधानी तेहरानमा जारी छ।
खामेनीको पार्थिव शरीर तेहरानको ग्रान्ड मोसल्लामा राखिएको छ। जहाँ श्रद्धाञ्जली दिन मानिसहरूको ठुलो भिड लागेको छ।
जुलाई ४, ५, ६, ७ र ८ सम्म श्रद्धाञ्जली सभा सञ्चालन गरी जुलाई ९ मा खामनेकी शव मसहद सहरमा गाडिने बताइएको छ।
इरानी अधिकारीहरूले श्रद्धाञ्जली सभा इरान र इराकका विभिन्न सहरमा आयोजना गरिएको बताएका छन्। जसमा डेढ करोडदेखि २ करोडसम्म मानिस सहभागी हुने अपेक्षा गरिएको छ।
खामेनी र उनको परिवार गत फेब्रुअरी २८ मा अमेरिका-इजरायलको संयुक्त हवाई आक्रमणमा मारिएका थिए।
तस्बिरमा हेर्नुहोस् तेहरानमा आयोजित अन्त्येष्टि समारोह





165
Shares

प्रतिक्रिया