काठमाडौँ जिल्लामा पछिल्लो तीन घण्टादेखि पानी परिरहेको र थप वर्षा हुने सम्भावना रहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले सुझाव दिएको छ।
बाढी महाशाखाले वर्षाका कारण काठमाडौँका खोला तथा नदीमा बाढी आउने सम्भावना देखिएको जानकारी दिँदै सजग रहन सल्लाह दिएको हो।
आज (शनिबार) राति ८:४३ बजे सूचना जारी गर्दै बाढी महाशाखाले भनेको छ, ‘पछिल्लो ३ घण्टामा काठमाडौँ जिल्लाका वर्षा मापन केन्द्रहरूमा हल्कादेखि मध्यम वर्षा भएको र थप वर्षा हुने सम्भावना रहेकोले सो क्षेत्र भई वहने ससाना खोलाहरूमा आकस्मिक बहाव बढ्न सक्ने जोखिम रहेकोले आवश्यक सतर्कता अपनाइराखौँ।’
966
Shares

प्रतिक्रिया