नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याएको अध्यादेशमा आफ्नो पार्टीको विमति रहेको बताएका छन्।
मंगलबार सरकारले संवैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) ऐन २०६६ लाई संशोधन गर्न अध्यादेश ल्याएपछि सभापति देउवाले यस्तो प्रतिक्रिया दिएका हुन्।
सभापति देउवाले उपसभामुख पद खाली राखेर, सभामुखजस्तो गरिमामय व्यक्तित्वलाई विश्वासमा नलिइ कोरम पुगेन भन्नू हास्यास्पद रहेको उनको तर्क छ।
प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका देउवाले संसद अधिवेशन छलेर संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याउनु अलोकतान्त्रिक भएको भन्दै यसबाट सर्वसत्तावादी सोच झनै प्रस्टिएको बताएका छन्।
‘उपसभामुख पद खाली राखेर, सभामुखजस्तो गरिमामय व्यक्तित्वलाई विश्वासमा नलिइ कोरम पुगेन भन्नू हास्यास्पद छ भने संसद अधिवेशन छलेर संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याउनु अलोकतान्त्रिक छ। यसबाट सर्वसत्तावादी सोच झनै प्रस्टिएको छ। यसमा नेपाली कांग्रेसको प्रष्ट विमति छ’, सामाजिक सञ्जाल ट्विटरमा देउवाले लेखेका छन्।
उपसभामुख पद खाली राखेर , सभामुख जस्तो गरिमामय ब्यक्तित्वलाई विश्वासमा नलिइ कोरम पुगेन भन्नू हास्यास्पद छ भने संसद अधिवेशन छलेर संवैधानिक परिषद् सम्बन्धि अध्यादेश ल्याउनु अलोकतान्त्रिक छ l यसबाट सर्वसत्तावादी सोच झनै प्रस्टिएको छ l
यसमा नेपाली कांग्रेसको प्रष्ट विमती छ !

प्रतिक्रिया