राजनीति


अर्थमन्त्री पौडेलद्वारा रुपन्देहीमा चक्रपथको निरीक्षण

अर्थमन्त्री पौडेलद्वारा रुपन्देहीमा चक्रपथको निरीक्षण

नेपालखबर
मंसिर ३०, २०७७ मंगलबार १२:३४,

अर्थमन्त्री विष्णु पौडेलले रुपन्देहीको सैनामैना नगरपालिकामा निर्माणाधीन चक्रपथको आज निरीक्षण गरेका छन्। उनका साथमा लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरी, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीको समेत सहभागी थिए।

नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले चक्रपथ निर्माणको पछिल्लो अवस्था बारेमा जानकारी दिएका थिए। सो अवसरमा अर्थमन्त्री पौडेलले सैनामैनाको शहरीकरणका लागि आवश्यक बजेटको व्यवस्था संघीय र प्रदेश सरकारबीच छलफल गरेर टुंगो लगाइने जानकारी दिए।

उनले बजेटका विषयमा चिन्ता नगर्न आग्रह गर्दै तोकिएको समयमा सडक आयोजनाको काम पूरा गर्न सम्बन्धित निकायलाई निर्देशन दिए।

मन्त्री पौडेलले चक्रपथमा रहेका स्थानीयवासीसँग छलफल गर्दै सडकको कामलाई गुणस्तरीय बनाउन स्थानीयवासीको जागरुकता आवश्यक भएको बताए।

कूल रु ५७ करोड १२ लाखको लागतमा निर्माण हुन लागेको सडकको भौतिक प्रगति ४८ प्रतिशत भएको छ। नगरपालिका– ११ मा पर्ने क्षेत्रको चक्रपथको दुई किलोमिटर सडक कालोपत्र भएको छ।

सो सडकको १६.५ किलोमिटर ग्राभेलको काम सकिएको र करिब १३० कल्भर्ट र आठ पुल निर्माण हुने छ। विसं २०७४ जेठ १७ गते चक्रपथको ठेक्का सम्झौता भएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad