राजनीति


प्रतिपक्षी नेता र सभामुखविनै संवैधानिक परिषद् बैठक बालुवाटारमा

प्रतिपक्षी नेता र सभामुखविनै संवैधानिक परिषद् बैठक बालुवाटारमा

नेपालखबर
मंसिर ३०, २०७७ मंगलबार १२:२८,

संवैधानिक परिषद्को बैठकमा बालुवाटारमा सुरु भएको छ।

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र प्रधान न्यायाधीश चोलेन्द्र शमसेर राणा सहितको बैठक बसेको हो।

प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटाको अनुपस्थितिमै सो बैठक बसेको हो।

आज मंगलबार बिहान बोलाइएको बैठकमा सभामुख अग्निप्रसाद सापकोटा उपस्थित नभएपछि गणपुरक संख्या नपुग्दा बैठक स्थगित भएको थियो।

ConstitutionalCouncil 3members 1

त्यसपछि परिषद्का अध्यक्ष समेत रहने प्रधानमन्त्री केपी शर्मा ओलीले आजै साँझ ५ बजेका लागि सो बैठक डाकेका थिए।

बिहान सभामुख उपस्थित नभए पनि प्रमुख प्रतिपक्षी दलका नेता तथा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा उपस्थित थिए।

तर दिउँसो प्रधानमन्त्रीले संवैधानिक परिषद्को बैठकका लागि आवश्यक गणपुरक संख्या कम गर्ने गरी अध्यादेश ल्याएपछि देउवा समेत बैठकमा गएनन्।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राष्ट्रिय मानवअधिकार आयोग लगायत बिभिन्न संवैधानिक आयोगहरुमा प्रमुख आयुक्त तथा आयुक्तहरु गरी ४५ जनाको पद रिक्त छ। तिनै पदहरुमा नियुक्तिका लागि सो बैठक बस्न लागेको हो।

आज जारी गरिएको अध्यादेशले प्रधानमन्त्री र अन्य दुई जना सदस्यसहितको बैठकले निर्णय गर्न मिल्ने बनाएको कानुनविद्हरुको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad