अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले लगाएको ‘चुनावमा धाँधली’ आरोप त्यहाँका संघीय निर्वाचन अधिकारीले खारेज गरिदिएका छन्।
सन् २०२० (यसपटक) को चुनाव झन् अमेरिकाको इतिहासमै सबैभन्दा सुरक्षित भएको उनीहरूले बताएका छन्।
निर्वाचन अधिकारीको एक समितिले भनेको छ- ‘चुनावमा धाँधली भएको, मतदान दोहोरिएको भन्नलाई कुनै प्रमाण छैन।’
तर ट्रम्पले आफ्ना पक्षका झन्डै अढाई करोड मत बिगारिएको आरोप लगाइरहेका छन्। र, अझै जो बाइडेन विजयी भएको कुरा स्वीकार गरिरहेका छैनन्।
अमेरिकाका सबै ठूला टेलिभिजन च्यानलले भने नोभेम्बर ३ मा सम्पन्न राष्ट्रपतीय निर्वाचनमा बाइडेन विजयी भएको घोषणा गरिसकेका छन्।
बीबीसीका अनुसार बाइडेनले एरिजोना राज्यमा पनि जितेका छन्, जहाँ उनले ११ इलेक्टोरल मत प्राप्त गरेका छन्। योसमेत अब उनले जम्मा २९० इलेक्टोरल मत पाएका छन् भने ट्रम्पका पक्षमा २१७ भोट मात्र आएको छ।
Shares
प्रतिक्रिया