ad ad

राजनीति


भारतीय दूतावासद्वारा आयुर्वेद विषयमा निबन्ध प्रतियोगिता आयोजना

भारतीय दूतावासद्वारा आयुर्वेद विषयमा निबन्ध प्रतियोगिता आयोजना

नेपालखबर
कात्तिक २८, २०७७ शुक्रबार १४:३०,

५औं आयुर्वेद दिवस (धनवन्तरी जयन्ती) को अवसरमा भारतीय दूतावासद्वारा आयुर्वेद क्याम्पस, ईन्स्टिच्युट अफ मेडिसिन, त्रिभुवन विश्वविद्यालयको सहयोगमा ‘कोविड–१९ को लागि आयुर्वेद’ शिर्षकमा एक वेबिनारका साथै एक अन्तर्राष्ट्रिय निबन्ध प्रतियोगिता आयोजना गरिएको छ।

वेबिनारमा भारत, नेपाल र अन्य देशहरूबाट करिब २०० सहभागीहरू उपस्थित थिए।

प्यानलिस्टहरुमा भारत र नेपालका ६ प्रख्यात वक्ता र आयुर्वेद अभ्यासकहरु थिए जसले आफ्नो विचारहरु र विशेषज्ञता साझा गरेको भारतीय दूतावासले जनाएको छ।

यस अवसरमा राजदूत विनय मोहन क्वात्राले आयुर्वेदका फाइदाहरू र बढ्दो लोकप्रियताबारे प्रकाश पार्ने एक भिडियो सन्देश दिएका थिए।

कार्यक्रममा सहभागिता जनाएकी मिशन उपप्रमुख नामग्या सी खम्पाले भारत र नेपालको घर–घरमा पाइने बेसारलगायत आयुर्वेदिक उत्पादनको बढ्दो खपतको बारेमा चर्चा गरिन्।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका रेक्टर प्रोफेसर डा. शिवलाल भुसाल र विश्वविद्यालयका अन्य प्रमुख शिक्षाविद्हरू पनि उपस्थित थिए।

कार्यक्रमको दौरान अन्तर्राष्ट्रिय निबन्ध प्रतियोगिताका विजेताहरूको पनि घोषणा गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .