राजनीति


यौन हिंसालाई समाजमा मिलाउन नपाउने व्यवस्था कानुनमै गर्नुपर्छ : मन्त्री तुम्बाहाङफे

यौन हिंसालाई समाजमा मिलाउन नपाउने व्यवस्था कानुनमै  गर्नुपर्छ : मन्त्री तुम्बाहाङफे

नेपालखबर
कात्तिक २८, २०७७ शुक्रबार ७:२५,

कानुन न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङफेले यौन हिंसासम्बन्धी घटनालाई समाजभित्रै मेलमिलाप गर्ने प्रवृतिले हिंसा न्यूनीकरणमा बाधा पुगेको बताएकी छन्।

यौन हिंसा सम्बन्धमा कलम चलाउँदै आएका पत्रकारहरुसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री तुम्बाहाङ्फेले कतिपय यौन हिंसासम्बन्धी घटनालाई समाजभित्रै मेलमिलाप गर्ने गरिएकाले यौन हिंसालाई प्रोत्साहन गरिरहेको बताइन्। खासगरी बलात्कारजन्य घटनाहरुमा समाजभित्रै मेलमिलाप गर्ने गरिएको पाइएको छ।

यौन हिंसासम्बन्धी घटनाहरुलाई समाजभित्रै मेलमिलाप गर्नुहुँदैन भन्ने व्यवस्था ऐन कानुनमा नै गर्नुपर्ने पनि मन्त्री तुम्बाहाङ्फेले बताइन्। मेलमिलाप गराउने वा गर्नको लागि उत्साहित गर्ने व्यक्तिहरुलाई पनि कानूनी दायरामा ल्याउनुपर्ने व्यवस्था गर्ने विषयमा पनि छलफल गर्न जरुरी रहेको छ। स्थानीय तहमा गठित न्यायिक समितिमा यस्ता घटनाको मेलमिलाप गर्नुहुँदैन भन्ने जानकारी भएको तर यस्ता घटनाहरु न्यायिक समितिमा आउँनै नदिने गरी समाजभित्रै मेलमिलाप हुने गरेको उनको भनाइ थियो।

समाजमा हुने यौन हिंसामा मेलमिलाप गर्नुहुँदैन भन्ने सन्देश सञ्चार माध्यमबाट दिनसके यौन हिंसा न्यूनीकरणमा सघाउ पुग्ने पनि मन्त्री तुम्बाहाङ्फेले बताइन्। कडा प्रकृतिका सजाय दिने व्यवस्था कानूनमा गर्दैमा घटना कम हन्छ भन्ने नभएकाले सचेतनामा नै जोड दिनुपर्नेमा उनको भनाइ छ। यस्तै पछिल्लो समय बलात्कारीलाई मृत्युदण्ड दिनुपर्छ भन्ने सम्बन्धमा बहस भए पनि संविधानमा भएको व्यवस्था अनुरुप नेपालमा कुनै पनि घटनामा मृत्युदण्ड दिने कानुन निर्माण गर्न नमिल्ने स्पष्ट पारिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad