समाज


आगलागीबाट बागलुङमा जले दुई घर

आगलागीबाट बागलुङमा जले दुई घर

नेपालखबर
कात्तिक २८, २०७७ शुक्रबार ७:४९,

बागलुङको ढोरपाटन र जैमिनी नगरपालिकामा आगलागी हुँदा दुई घर जलेर नष्ट भएका छन्।

ढोरपाटन–७ बोबाङमा बिहीबार राति भएको आगलागीबाट स्थानीयवासी बमबहादुर कायतको घर जलेर नष्ट भएको छ। विद्युत् चुहिएर उनको घरमा आगलागी भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रकाशसिंह भण्डारीले जानकारी दिए।

घरमा आगलागी हुँदा ग्यास सिलिन्डरसमेत पड्किएको थियो। कायतको ढुंगाको छाना भएको दुईतले घर पूर्ण रुपमा ध्वस्त भएको भण्डारीको भनाइ छ। आगो स्थानीय र प्रहरीले केही बेरपछि नियन्त्रणमा लिएका थिए।

त्यस्तै जैमिनी –१ कुश्मीशेरामा आज बिहान आगलागी हुँदा एक घर जलेको छ। तल्लोबजारको एक गुम्टी पसलमा आगलागी भएको हो। कमल विकले सञ्चालन गरेको घुम्ती पसलमा बिहान करीब ७ बजे आगलागी भएको प्रहरीले चौकी कुश्मिसेराका प्रहरी सहायक निरीक्षक दीपक नेपालीले जानकारी दिए। आगलागीका कारण विकका पसलमा रहेका तिहारका सामान, लत्ताकपडालगायत सबै जलेर नष्ट हुँदा करीब रु दुई लाख २० हजार बराबरको क्षति भएको उनको भनाइ छ।

आगोका कारण गुम्टी नजिकै मंगोल परियारले सञ्चालन गरेको शुभकामना टेलर्सका घरमा पनि क्षति पुगेको छ। घरको माथिल्लो तलामा रहेका लत्ताकपडा, खाद्यान्नसहित सामग्री जलेको प्रहरीले जनाएको छ। विद्युत् चुहिएकै कारण आगलागी भएको हो। आगो स्थानीयवासीको सक्रियतामा कुश्मिसेरामा रहेका राष्ट्रिय वाणिज्य बैंक र ग्लोबल आइएमई बैंकको फायर फाइटिङको सहायताले नियन्त्रणमा लिइएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad