नेपालमै पहिलो पटक बलिउडको चलचित्र पे पर भ्यूमार्फत नेपाली टेलिभिजनमा हेर्न पाउने सुविधा डिशहोमले सञ्चालन गरिरहेको छ।
यही कात्तिक ३० गते रिलिज हुने चलचित्र ‘सुरज पे मंगल भारी’ पे पर भ्यू सुविधामार्फत डिशहोमका ग्राहकहरुले हेर्न पाउनेछन्।
यो चलचित्र सिनेमाघर इन्टरनेशनल च्यानल नं. ९९९ मा दैनिक ६ सो बिहान ७ र १० बजे दिउँसो १ र ४ बजे, साँझ ७ र राति १० बजे हेर्न सकिने डिशहोमले जनाएको छ।
चलचित्र ‘सुरज पे मंगल भारी’ हेर्न आईभीआर नं. ९८०११९०९९० मा फोन गरेर दिएको साधारण निर्देशनअनुसार सजिलै खुलाउन सकिन्छ वा डिशहोमको ग्राहक सेवा केन्द्रको फोन नं. ०१४२१७६६६ मा फोन गरेर, टोल फ्रि नं. १६ ६० ०१ २२००० मा फोन गरेर अथवा एमओडी९९९ आफ्नो सीएएस आईडी अनि हेर्न चाहेको चलचित्रको सो समय टाइप गरी साधारण एसएमएस पठाएर र नजिकैको डिशहोम बिक्रेताकोमा सम्पर्क गरेर समेत न्यूनतम शुल्कमा सिनेमाघर खुलाउन सकिन्छ।

प्रतिक्रिया