बिहारमा भारतीय जनता पार्टी सबैभन्दा ठूलो पार्टी बन्ने संकेत देखिएको छ।
विधानसभा निर्वाचनको जारी मतगणनामा भाजपा ७३ सिटमा अगाडि देखिएको छ।
मुख्यमन्त्री नितिशकुमारको पार्टी जनता दल युनाइटेडसँग गठबन्धन गरेर चुनावमा ओर्लिएको भाजपाको गठबन्धन एनडीएले १२९ सिटमा अगाडि छ। बहुमतका लागि २२२ सिट आवश्यक पर्छ।
तेजस्वी यादवको नेतृत्वमा रहेको राष्ट्रिय जनता दल र कांग्रेसको महागठबन्धन भने १०५ सिटमा अगाडि देखिएको छ।
धेरैजसो एग्जिट पोलमा महगठबन्धनले बहुमत प्राप्त गर्ने अनुमान गरिएको थियो। तर, मतगणना अघि बढ्दै गर्दा एनडीएले चुनाव जित्ने देखिएको छ। एजेन्सी

प्रतिक्रिया