कामना सेवा विकास बैकले चालू आर्थिक वर्षको पहिलो त्रैमासिकमा २०.०१ करोड नाफा आर्जन गर्न सफल भएको छ।
जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ९७३ प्रतिशतको वृद्धि हो। बैंकले गत आवको यसै अवधिमा १.८७ करोड खुद नाफा कमाएको थियो।
समीक्षा अवधिको तुलनामा खुद ब्याज आम्दानी र सञ्चालन नाफा क्रमशः ५२ प्रतिशत र २२३ प्रतिशतभन्दा बढी हो। बैंकले गैर सञ्चालन आम्दानीलगायत खुद ब्याज आम्दानी र सञ्चालन आम्दानीमा समेत उल्लेख्य वृद्धि गर्न सफल भएको कारण बैंकको खुद नाफा बढेको जनाएको छ।
बैंकले असोज मसान्तसम्म ३६ अर्ब ७२ करोड निक्षेप संकलन गरी २९ अर्ब ९३ करोड कर्जा प्रवाह गरेको छ। जुन अघिल्लो आ.व.को सोही अवधिको तुलनामा क्रमशः ४४ प्रतिशत र ३६ प्रतिशतको वृद्धि हो।
बैंकको प्रतिसेयर आम्दानी ३१.५१ प्रतिशत छ भने प्रतिसेयर नेटवर्थ १२२.६२ र मूल्य आम्दानी अनुपात ७.०८ गुणा रहेको छ। यस अवधिमा बैंकको आधार दर ९.२८ प्रतिशत, सीसीडी रेसियो ७७.४३ प्रतिशत र पुँजीकोष अनुपात १२.४४ प्रतिशत रहेको छ।
काठमाडौं–३०, ज्ञानेश्वरमा केन्द्रीय कार्यालय रहेको यस बैंकले देशका विभिन्न भागहरुमा १२४ वटा शाखा तथा ६६ वटा एटीएमबाट सेवा प्रदान गर्दै आएको छ।
Shares

प्रतिक्रिया