कारोबार


इ–सेवा मनि ट्रान्सफरको रेमिट्यान्स सेवा कुवेतबाट पनि सुरू

इ–सेवा मनि ट्रान्सफरको रेमिट्यान्स सेवा कुवेतबाट पनि सुरू

नेपालखबर
कात्तिक २५, २०७७ मंगलबार ९:३८,

इ–सेवा मनि ट्रान्स्फर र कुबेतकोे ख्यातिप्राप्त रेमिट्यान्स कम्पनी युएई एक्स्चेञ्जबीच रेमिट्यान्स सेवा सुरू भएको छ।

यो सेवा सुरू भएसँगै कुवेतमा रहेका नेपालीहरूले युएई एक्स्चेञ्जका २३ वटा शाखाबाट नगदमा तथा कुनै पनि बैंक खातामा र इ–सेवावालेटमा पैसा पठाउन सकिनेछ।

नगदमा पठाइएको रकम नेपालभर रहेका ८ हजारभन्दा धेरै इ–सेवा मनि ट्रान्सफरका एजेन्ट तथा इ–सेवावालेट एपमार्पmत पनि प्राप्त गर्न सकिनेछ।

साथै इ–सेवा वालेटमा पैसा पठाउँदा ७५० फिल्स मात्र सेवा शूल्क लाग्नेछ। त्यसै गरी बैंक खातामा पठाएइको रकम तत्कालै तुरुन्तै सेवाग्राहीको बैंक खातामा जम्मा हुनेछ।

युएई एक्स्चेञ्जले छिट्टै नै इ–सेवामनि ट्रान्सफरको सेवा आफ्नो अनलाइन मोबाइल एप मार्पmत पनि सुरु गर्ने छ।

रेमिट्यान्ससम्बन्धी सम्झौतापत्रमा इ–सेवा मनि ट्रान्स्फरका तर्फबाट प्रबन्ध निर्देशक अजेश कोइराला र युएई एक्स्चेञ्जका तर्फबाट कार्यकारी प्रमुख कृष्ण कुमार यछारथले हस्ताक्षर गरे।

इ–सेवा मनि ट्रान्सफरले डिजिटल रेमिट्यान्स्का साथै एजेन्ट बेस रेमिट्यान्स् सेवामार्पmत नेपालमा रेमिट्यान्स् भित्राउदै आएको छ। हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै इ–सेवाले डिजिटल माध्यमबाट समयको बचत, आर्थिक फाइदा र प्राविधिको प्रयोगबाट सुरक्षित ढंगबाट रेमिट्यान्स् भित्राउँदै आएको छ।

इ–सेवा मनि ट्रान्सफरलाई रेमिट्यान्स्को विश्वबजारमा छुटै नाम, सेवा र प्रविधिको पूर्ण प्रयोग गर्ने कम्पनीको रुपमा स्थापना गर्नु आफुहरुकोे उद्देश्य रहेको इ–सेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad