राष्ट्रपति बन्न अमेरिकामा २७० इलेक्टोरल भोटको आवश्यकता पर्दछ।
राष्ट्रपतीय निर्वाचनको मत परिणामहरुमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा अगाडि देखिएका बाइडेनले आफ्नो गृह राज्य डेलावेरबाट टेलिभिजनमा सम्बोधन गर्दै डेमोक्रेटिक पार्टीले चुनाव जित्ने बताएका हुन्।
बाइडेनले भने,‘जितको अन्तिम नतिजा घोषणा भएको छैन तर हामी अगाडि छौँ र जित्नेछौँ।’
उनले अमेरिकाको इतिहासमै सबभन्दा धेरै मत आफ्ना पक्षमा आउने पनि बताएको बीबीसीले जनाएको छ।
शुक्रबारसम्म ट्रम्प २० र १६ इलेक्टोरल कलेज भोट भएको पेनसेल्भेनिया र जोर्जिया राज्यमा बाइडेन भन्दा अगाडि थिए।
तर यतिबेला बाइडेनले ती राज्यमा ट्रम्पलाई पछाडि पारिसकेका छन्। यी राज्यमा ट्रम्प हारे बाइडेनलाई ह्वाइट हाउसको प्रवेशद्वार खुल्नेछ।

प्रतिक्रिया