राजनीति


प्रचण्डसहित सचिवालयका बहुमत सदस्य धुम्बाराहीमा, गृहमन्त्री थापा ओलीसँग बालुवाटारमा

प्रचण्डसहित सचिवालयका बहुमत सदस्य धुम्बाराहीमा, गृहमन्त्री थापा ओलीसँग बालुवाटारमा

नेपालखबर
कात्तिक २२, २०७७ शनिबार ४:१६,

आज (शनिबार) पनि सत्तारूढ दल नेकपा सचिवालय समितिका बहुमत सदस्य पार्टी कार्यालय धुम्बाराहीमा भेला भएका छन्।

स्राेतका अनुसार शनिबार बिहानै पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न जाँदा समय १ घण्टा सारेपछि नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डसहितका बहुमत सदस्य धुम्बाराहीमा छलफलमा जुटेका हुन्।

यसअघि शुक्रबार प्रचण्डले राखेको सचिवालय समितिकाे अनौपचारिक बैठकले ओलीलाई शनिबार सामूहिक भेट गरेर औपचारिक बैठक राख्न आग्रह गर्ने निर्णय गरेको थियो।

साेहीबमाेजिम आज बिहान ९ बजे समय दिएका ओलीले १ घण्टा पछि मात्र भेट्ने भनेपछि बहुमत सचिवालय सदस्य पार्टी कार्यालय धुम्बाराही पुगेका हुन्।

कार्यकारी अध्यक्ष प्रचण्डले बोलाएको बैठकमा सहभागी हुन वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतम धुम्बाराही पुगिसकेको स्रोतले जनाएको छ।

यता प्रधानमन्त्री ओली भने बालुवाटारमा सचिवालय सदस्य ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल र गृहमन्त्री रामबहादुर थापासँग छलफलमा थिए।

प्रचण्डको फोन उठाएनन् थापाले
कार्यकारी अध्यक्ष प्रचण्डले गृहमन्त्री रामबहादुर थापालाई शनिबार फोन गरे।

९ बजे बालुवाटारमा प्रधानमन्त्री ओलीसँग भेट्न जान प्रचण्डले थापालाई फोन गरेका थिए। तर उनले उठाएनन्।

त्यसपछि प्रचण्डकाे सचिवालयले पनि पटकपटक फोन गर्‍याे तर थापाले उठाएनन्।

उनी त्यतिबेला प्रधानमन्त्री ओलीसँगै छलफलमा रहेको सूचना पाएको स्रोतले जनाएको छ।

'बादललाइ प्रचण्डसहित उहाँको सचिवालयले धेरैपटक फोन गर्दा पनि उहाँले (थापा) उठाउनुभएन, पछि बुझ्दा उहाँ बालुवाटार पुगेको जानकारी आयो,’ स्रोतले भन्यो।

याे पनि: 

प्रचण्डले राखेको बैठक सकियो, औपचारिक बैठक राख्न ओलीलाई सामूहिक आग्रह गर्ने

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad