राजनीति


अमेरिकी चुनावः सबैभन्दा पहिले मतदान भएको ठाउँको पाँचै मत बाइडेनलाई

अमेरिकी चुनावः सबैभन्दा पहिले मतदान भएको ठाउँको पाँचै मत बाइडेनलाई

नेपालखबर
कात्तिक १८, २०७७ मंगलबार ९:१९,

अमेरिकी राष्ट्रपतीय निर्वाचनको मतदान सुरु भएको छ।

सबैभन्दा पहिले मतदान गरेको स्थान न्यु ह्यामसायर राज्यको डिक्सभिल नचका पाँचै मतदाताले डेमोक्रेटिक प्रत्याशी जो बाइडेनलाई मतदान गरेका छन्।

यो स्थान अमेरिका–क्यानडा सीमानजिक पर्छ।

सो स्थानमा मध्यरातलगत्तै मतदान र मतगणना भएको थियो। यो स्थानमा १० जना मात्र मानिस छन्।

सन् १९६० देखि सो स्थानमा सबैभन्दा पहिले मतदान गर्ने परम्परा सुरु गरिएको थियो।

डिक्सभिल नचनजिकै रहेको मिल्सफिल्डमा पनि मध्यरातमै मतदान भयो। त्यहाँभने राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव जितेका छन्। ट्रम्पले १६ मत पाउँदा बाइडेनले ५ मत मात्रै प्राप्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad