कोरोनाले आक्रान्त नेपाली खेलकुद अझै सहज रुपमा फर्किन सकेको छैन।
अन्तर्राष्ट्रिय स्तरमा सहभागिता जनाउनुपर्ने प्रतियोगिता नजिकिँदै गर्दा खेलाडी चिन्तित देखिएका छन्। टोकियो ओलम्पिक लक्ष्य राखेका कराते खेलाडीले मंगलबार सातदोबाटो स्थित कभर्डहलमा लयमा फर्किन निकै मिहिनेत गरिरहेका छन्।
नौ महिनादेखि कोरोनाले थला पारेको खेलकुद चलायमान गराउनु पर्ने चौतर्फी दबाब आए पछि राष्ट्रिय खेलकुद परिषद (राखेप) ले सिमित खेलाडीलाई मापदण्ड पूरा गरेर अभ्यास थाल्न अनौपचारिक निर्देशन दिइसकेको छ। खेलाडी स्यम् आफैँले विभिन्न माध्ययमबाट खेलमा फर्किने वातावरण मिलाइदिन आग्रह गरे अनुसार छिटपुट तरिकाले खेलाडी अभ्यासमा फर्किइसकेका पनि छन्।
यसै मध्येका कराते खेलाडीले २०२१ मा हुने टोकियो ओलम्पिकका लागि तयारी थालेका हुन्। घर बसाई पट्यार लाग्दो भइसकेको र अभ्यासमा फर्किन आतुर रहेकी कराते खेलाडी अनु अधिकारीले अभ्यासले आफूलाई उत्साह मिलेको बताइन्।
उनै अनु अधिकारीले खेलाडीलाई घर बसाईले फिटनेसमा असन्तुलन देखिने भएकाले राष्ट्रिय खेलकुद परिषद मार्फत खेलाडीलाई अभ्यासको वातावरण मिलाइदिन समेत आग्रह गरिन्।
यस्तै नेपालको पुरुष टोलीबाट टोकियो ओलम्पिकमा प्रतिनिधित्व गर्ने लक्ष्य राखेका नविन रसाइली पनि अभ्यसमा फर्किन पाउँदा दंग देखिन्छन्। कोरोनाले असर पारेको भन्दै नविनले घरको वातावरण मात्र भन्दा पनि म्याटको अभ्यास आवश्यक भएको बताए।
मुख्य प्रशिक्षक दीपक श्रेष्ठले कोरोनालाई बाहना बनाएर खेलकुद गतिविधि रोक्न नहुने तर्क राख्दै आएका छन्। खेलाडीलाई घरमा नै थुनेर राख्ने भन्दा पनि कन्ट्याक्ट खेलका लागि अन्तर्राष्ट्रिय स्तरमा अन्य देशले अबलम्बन गरेको विधि जस्तै नेपाली खेलाडीलाई मास्क लगाएर अभ्यासमा उतार्नुपर्ने समय आएको र सोही अनुसार खेलाडीलाई फिटनेसका लागि अभ्यासमा बोलाएको जानकारी दिए।
नेपाली खेलाडीलाई टोकियो ओलम्पिक -याकिङका आधारमा त्यति सहज छैन। यद्यपि वाइल्ड कार्डको माध्यमबाट ओलम्पिक सहभागिता हुने लक्ष्यलाई कोरोना महामारी थप बाधक बनेको छ।
नेपाली खेलकुदको सर्बोच्च निकायले ओलम्पिक सहभागिता जनाउने सिमित खेलाडीलाई उचित वातावरण मिलाएर अवसर प्रदान गरे खेलाडी बोकेको लक्ष्य भेटाउन सक्ने थिए की?
Shares

प्रतिक्रिया