राजनीति


झलनाथको ३६ बुँदे पत्र- प्रचण्ड र माधवबाट नेकपा चल्दैन

झलनाथको ३६ बुँदे पत्र- प्रचण्ड र माधवबाट नेकपा चल्दैन

नेपालखबर
असार ३, २०८३ बुधबार १६:५८, काठमाडौँ

नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले पार्टी निर्माणभन्दा विघटनतर्फ उन्मुख भएको आरोप लगाएका छन्। साथै उनले नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव नेपाललाई नेतृत्वबाट पछि हट्न आग्रह गरेका छन्।

मंगलबार पार्टी कार्यालयमा ३६ बुँदे पत्र पठाउँदै खनालले तत्काल संयोजन समितिको विशेष बैठक बोलाएर नयाँ, योग्य र विचारवान नेतालाई संयोजक चयन गर्ने वातावरण बनाउन सुझाव दिएका छन्।

ती बुँदामार्फत् खनालले पार्टी एकता घोषणा भएको सात महिना बितिसक्दा पनि संगठनात्मक एकीकरण सम्पन्न हुन नसकेको, निर्वाचनमा पार्टीले अपेक्षाविपरीत ‘शर्मनाक पराजय’ भोग्नुपरेको तथा बदलिएको राष्ट्रिय राजनीतिक परिस्थितिको कुनै ठोस विश्लेषण नेतृत्वले गर्न नसकेको टिप्पणी गरेका छन्।

आफूलाई कुनै जिम्मेवारी नदिएको भन्दै खनाल असन्तुष्ट देखिन्छन्। उनले पार्टीभित्र दिशाहीनता, निराशा, निष्क्रियता र पलायनका प्रवृत्ति बढ्दै गएको भन्दै नेतृत्वप्रति कार्यकर्ता र जनताको भरोसा कमजोर बन्दै गएको उल्लेख गरेका छन्।

अहिलेसम्म मौन देखिएका खनालले एकैपटक असन्तुष्टिसहितको पत्र पार्टी कार्यालयमा पेस गरेका हुन्। तत्कालीन नेकपा एकीकृत समाजवादीमा वरिष्ठ नेता रहेका खनाल एकीकरणसँगै नेकपाको पनि वरिष्ठ नेता छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad