राजनीति


असार तेस्रो हप्तादेखि सुकुम्वासीलाई लालपूर्जा वितरण गर्छौं: भूमिमन्त्री रावल

असार तेस्रो हप्तादेखि सुकुम्वासीलाई लालपूर्जा वितरण गर्छौं: भूमिमन्त्री रावल

नेपालखबर
असार ३, २०८३ बुधबार १७:२२, काठमाडौँ

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले आगामी असार तेस्रो हप्तादेखि सुकुम्वासीलाई लालपूर्जा वितरण कार्य सुरु गर्ने बताएकी छन्। 

बुधवार प्रतिनिधि सभाको बैठकमा मन्त्रालयगत बजेटमाथि सांसदले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री रावलले सुकुम्वासी समस्या समाधानका लागि सरकारले नयाँ कार्ययोजनाका साथ काम गरिरहेको बताइन्। विगतका आयोगहरू राजनीतिक भर्ती केन्द्र मात्र बनेकाले सुकुम्वासी समस्या समाधान हुन नसकेको उनको भनाइ थियो। 

विगत ३० वर्षमा १२ लाख निवेदन प्राप्त भए पनि हालसम्म नौ हजारले मात्र लालपूर्जा पाएको उनले विवरण सार्वजनिक गरिन्। अब जिल्ला तहमा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा गठन हुने समितिले सुकुम्वासी व्यवस्थापनको काम गर्ने र केन्द्रमा विज्ञहरूको समितिले काम गर्ने उनले बताइन्। 

त्यसपछि असार तेस्रो हप्तादेखि लालपूर्जा वितरण गर्न सुरु गरिने उनको भनाइ थियो। ‘लालपूर्जाको हकमा हामीले काम सुरु गरिसकेका छौँ,’ मन्त्री रावलले भनिन्, ‘अब असारको तेस्रो हप्तादेखि हामीले लालपूर्जा वितरण गर्ने काम सुरुवात गर्नेछौँ।’

त्यस्तै, सहकारी क्षेत्रको समस्याबारे बोल्दै मन्त्री रावलले समस्याग्रस्त सहकारीका वचतकर्ताको बचत फिर्ता गर्न राज्यकोषको एक पैसा पनि खर्च नभएको दाबी गरिन्। पछिल्लो तीन महिनामा आठ वटा समस्याग्रस्त सहकारीका एक हजार ४५२ साना वचतकर्ताको ५९ लाख चार हजार ६ सय रुपैयाँ फिर्ता गरिएको उनले जानकारी दिइन्। 

यो रकम सम्बन्धित सहकारीका सञ्चालक तथा पदाधिकारीको सम्पत्ति र बैंक खाता रोक्का गरी व्यवस्थापन गरिएको उनको भनाइ थियो। यही अवधिमा तीन करोड ५४ लाख ४९ हजार रुपैयाँ ऋण असुली भएको र आगामी दिनमा सहकारीको प्रभावकारी अनुगमन गरिने उनले बताइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad