राजनीति


प्रचण्डलाई भावुक पत्र पठाउँदै झलनाथले भने- यो पार्टी मलाई खोर जस्तै भएको छ

प्रचण्डलाई भावुक पत्र पठाउँदै झलनाथले भने- यो पार्टी मलाई खोर जस्तै भएको छ

नेपालखबर
असार ३, २०८३ बुधबार १७:१८, काठमाडौँ

नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले आफूले जिम्मेवारी नपाएको भन्दै संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भावुक पत्र पठाएका छन्। २६ बुँदा र २४ पृष्ठमा प्रचण्डलाई सम्बोधन गरिएको पत्रमा खनालले राजनीतिमा लागेदेखि जिम्मेवारीविहीन अवस्थामा आफूले कहिले पनि रहनु नपरेको उल्लेख गरेका छन्।

‘तर पछिल्लो अवधिमा १९ कात्तिक २०८२ मा तपाईं संयोजक रहेको नेपाली कम्युनिष्ट पार्टीमा एकताबद्ध भएको दिनदेखि आजसम्म ७ महिना पूरा हुन लाग्यो म पूर्णरूपले जिम्मेवारीविहीन बनाइएको छु,’ खनालले लेखेका छन, ‘आखिर तपाईँ आफैँ सरहको एउटा नेतालाई एउटा जिम्मेवारी पनि दिन सक्नुहुन्न, पार्टीको हितमा निर्णय लिन सक्नुहुन्न र कमिटीको भावना अनुरुप एउटा जिम्मेवारी पनि दिन सक्नुहुन्न भने तपाईँले मलाई के का निम्ति एकतामा आउन त्यत्रो आग्रह गरेको? मैले विगतका कुरा अध्ययन गर्दा तपाईँ अरु कसैले कान भरेको आधारमा काम गर्ने जस्तो त लाग्दैन थियो । तर अहिले तपाईँलाई कुन बाध्यता छ? कुन विवशता छ? के को दबाब छ? किन मलाई जिम्मेवारी दिन सक्नुहुन्न?’

देश दौडाहमा प्रचण्ड हिँड्दा आफूलाई सँगै नलगेको भन्दै उनले गुनासो गरेका छन्। ‘तपाईँ अरू केहीलाई लिएर देशका विभिन्न स्थानमा गइरहनु भएको छ। तर एउटा नेतालाई जिम्मेवारीविहीन बनाएर घुम्दा तपाईँलाई कति आनन्द आइरहेको छ?’ खनालको प्रश्न छ, ‘मैले यो पार्टीमा धुप हालेर बस्ने कि? पूजा गरेर बस्ने? म आफैँ ठूलठूला पार्टी निर्माण र सञ्चालन गरेर तथा नेतृत्व गरेर आएको नेता हुँ।’

उनले प्रचण्डलाई आश्चर्यजनक व्यवहार किन देखाएको भन्दै प्रश्न पनि गरेका छन्। ‘यो तपाईँको व्यक्तिगत इच्छा, चाहना हो कि ! तपाईँलाई कुनै व्यक्ति वा गुटले यस्ता काम गर्न विवस बनाइरहेको छ? म जस्तोसुकै बेलामा पनि सक्रिय रूपले वैचारिक, राजनीतिक र संगठनात्मकरूपले सक्रिय रहने नेता हुँ। म अझै १०–१५ वर्ष सक्रिय नै रहनेछु। तर अहिले यो पार्टी मेरा निम्ति खोर जस्तै अनुभूत भएको छ,’ उनले भावुक बन्दै लेखेका छन्।

यस्तो छ झलनाथले लेखेको पत्र

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad