ad ad

राजनीति


देहरादूनमा नेपाली बालबालिकामाथिको यातनाबारे सत्यसथ्य बुझ्दै छाैं: परराष्ट्रमन्त्री ज्ञवाली

देहरादूनमा नेपाली बालबालिकामाथिको यातनाबारे सत्यसथ्य बुझ्दै छाैं: परराष्ट्रमन्त्री ज्ञवाली

नेपालखबर
कात्तिक १२, २०७७ बुधबार १२:२५,

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतको देहरादूनस्थित एक आश्रममा नेपाली बालबालिकालाई यातना दिइएको घटनाको सत्य तथ्य बुझ्ने पक्रिया सुरु भएको जनाएका छन।

सामाजिक सञ्जाल ट्वीटरमार्फत मन्त्री ज्ञवालीले सो घटनाबारे सत्यतथ्य बुझ्ने प्रक्रिया सुरु भइसकेको जनाएका हुन।

बुधबार नै राष्ट्रिय मानवअधिकार आयोगकी पूर्वसदस्य मोहना अन्सारीले मन्त्री ज्ञवाली र भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्यलाई  ‘मेन्सन’ गर्दै उक्त घटनाबारे ध्यानाकर्षण गराएकी थिइन।

अन्सारीले देहरादूनको उक्त आश्रममा रहेका बालबालिकाहरूमाथि त्यहाँका लामाले खानाको विषयलाई लिएर निर्मम यातना दिएको उल्लेख गरेकी छिन्।

सोही ट्विटको जवाफ दिँदै मन्त्री ज्ञवलीले लेखेका छन, 'ध्यानाकर्षणका लागि धन्यवाद। सत्यतथ्य बुझ्ने प्रक्रिया सुरू भइसकेको छ।'

भारतस्थित नेपाली राजदूत आचार्यले पनि दूतावासले खोजखबर लिने बताएका छन। आचार्यले थप सूचना भए दूतावासलाई जानकारी गराउन अनुरोध गरेका छन।

No description available.

अन्सारीका अनुसार बालबालिकाहरूलाई उद्धारका लागि उनीहरूका अभिभावकहरूले फोनमार्फत आग्रह गरिरहेका छन्।

'बागलुङ, रूकुम, जुम्ला, हुम्ला, सिन्धुपाल्चोक र रामेछाप लगायतबाट अभिभावकको उद्दारका लागि निरन्तर फोन आइरहेको छ,' अन्सारीले लेखेकी छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .