राष्ट्रपतिकाे कार्यालय शीतलनिवासकाे आधिकारिक ट्विटर ह्यान्डल अचानक बन्द गरिएको छ।
राष्ट्रपतिकाे कार्यालयका सूचना र जानकारी सार्वजनिक गर्ने उद्देश्यले सञ्चालित @ShitalNiwas ट्विटर अकाउन्ट बन्द गरिएको हो।
राष्ट्रपतिका सञ्चारविज्ञ टीकाप्रसाद ढकालले आफ्नो ट्विटरमा लेखेका छन्, ‘राष्ट्रपति कार्यालयका सूचना र जानकारी साझा गर्ने उद्देश्यले चलाइएको @ShitalNiwas ह्यान्डलमा प्राविधिक समस्या देखिएकाले उक्त खाता बन्द गरिएको छ। कार्यालयको सूचना र सञ्चारका लागि तत्कालै नयाँ खाता तयार गरी प्रस्तुत गर्नेछौं। यसबाट पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छु।’
राष्ट्रपति कार्यालयका सूचना र जानकारी साझा गर्ने उद्देश्यले चलाइएको @ShitalNiwas ह्यान्डलमा प्राविधिक समस्या देखिएकाले उक्त खाता बन्द गरिएको छ । कार्यालयको सूचना र सञ्चारका लागि तत्कालै नयाँ खाता तयार गरी प्रस्तुत गर्नेछौं । यसबाट पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छु ।
— Tika P. Dhakal (@TikaDhakaal) October 28, 2020
प्रतिक्रिया