ad ad

राजनीति


लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री र उनकी पत्नीलाई कोरोना संक्रमण

लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार मन्त्री र उनकी पत्नीलाई कोरोना संक्रमण

नेपालखबर
कात्तिक १, २०७७ शनिबार १:१०,

लुम्बिनी प्रदेशका भौतिक पुर्वाधार विकासमन्त्री बैजनाथ चौधरीका पतिपत्नीलाई नै कोरोना संक्रमण पुष्टि भएको छ।

प्रदेश सरकारका प्रवक्तासमेत रहेका चौधरीले सामान्य रुघाखाकी लागेपछि स्वाब परीक्षण गराएका थिए। शुक्रबार आफ्नो रिपोर्ट पोजिटिभ आएको उनले जानकारी गराएका छन्। आफुलाई संक्रमण पुष्टि भएपछि चौधरीले आफ्नो सम्पर्कमा आएका सबैलाई सजकता अपनाउन अनुरोधसमेत गरेका छन्।

चौधरीसँगै उनकी श्रीमती द्रौपती चौधरी, पिएसओ सुन्दर बुढाथोकी, सवारी चालक यमबहादुर थापा र भान्से पार्वती केवटलाई पनि कोरोना संक्रमण देखिएको छ।

मन्त्री चौधरीसँगै अहिलेसम्म लुम्बिनी प्रदेशका सभामुख पूर्णबहादुर घर्ती, उपसभामुख कृष्णी थारु, आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी, सांसदहरु डिल्ली चौधरी, दधिराम न्यौपाने, शंकर गिरीसहित मन्त्री र सांसदका सचिवालयका ३५ जनालाई कोरोना संक्रमण भइसकेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .