ad ad

समाज


बाँकेमा १८ वर्षीया युवतीसहित थप दुई संक्रमितको मृत्युु

बाँकेमा १८ वर्षीया युवतीसहित थप दुई संक्रमितको मृत्युु

प्रकाश न्यौपाने
कात्तिक १, २०७७ शनिबार १:३१,

आधा घण्टाको फरकमा बाँकेमा दुई जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ। मृत्यु हुनेमा एक जना १८ वर्षीया युवतीसमेत छिन्।

भेरी अस्पताल नेपालगन्जमा उपचाररत थप दुई संक्रमितको गएराति आधा घण्टाको फरकमा मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ।

मृत्युु हुनेमा नेपालगन्ज उपमहानगरपालिका १० भृकुटीनगरका ६१ वर्षीय पुरुष र उपमहानगरपालिका १८ कारकाँदोकी १८ वर्षीषा युवती रहेका स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए।

भृकुटीनगर निवासी ६१ वर्षीय पुरुषको शुक्रवार राति ९ बजे र १८ वर्षीय युवतीको ९: ३० बजे मृत्यु भएको श्रेष्ठले बताए।

असोज २५ गते अस्पताल भर्ना भएका पुरुषको स्वाँसप्रस्वाँसमा समस्या थियो। उनलाई प्लाजामा थेरापी लगायत विधिबाट पनि उपचार गरिएको थियो।

त्यस्तै, असोज २९ गते अस्पताल भर्ना भएकी १८ वर्षीया युवतीमा पनि स्वाँसप्रस्वाँस सम्बन्धि समस्या रहेको श्रेष्ठले जानकारी दिए। योसँगै बाँकेमा कोरोनाबाट मृत्यु हुनेको संख्या २९ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .