ad ad

समाज


फ्रान्समा एक ‘आतंककारी’ले शिक्षकको शिर काटे

फ्रान्समा एक ‘आतंककारी’ले शिक्षकको शिर काटे

नेपालखबर
कात्तिक १, २०७७ शनिबार ०:४४,

फ्रान्सको राजधानी पेरिसमा शुक्रवार एक आक्रमणकारीले शिक्षकको टाउको काटेर हत्या गरेका छन्।

बीबीसीका अनुसार शुक्रबार साँझ ५ बजे आक्रमणकारीले चक्कुले शिक्षककाे टाउकाे काटेका हुन्। 

प्रहरीले ती आक्रमणकारीलाई पक्राउ गर्ने क्रममा गोली हान्नुपरेकाले उनको मृत्यु भएको छ। आक्रमणकारीको नाम भने खुलेको छैन।

यसलाई फ्रान्स सरकारले आतंककारी हमला भनेको छ।

भनिन्छ कि उक्त शिक्षकले आफ्ना विद्यार्थीहरूलाई पैगम्बर मोहम्मदको कार्टुन देखाए, जुन फ्रान्सेली पत्रिका शार्ले अब्दोले छापेको थियो। त्याे कार्टुन देखाएकामा मुसलमान अभिभावक असन्तुष्ट थिए। 

आतंकप्रतिरोधी टोलीले घटनाको अनुसन्धान गरिररहेको छ।

फ्रान्सका शिक्षामन्त्री जन मिसेल ब्लङकरले ट्विट गर्दै भनेका छन्, ‘एक शिक्षकलाई मार्नु भनेको सीधै फ्रान्सविरुद्धको हमला हो।’

मृतकप्रति श्रद्धाञ्जलि र पीडित परिवारप्रति समवेदना व्यक्त गर्दै उनले इस्लामिक आतंकवादविरुद्ध लड्न एकता र दृढता आवश्यक पर्ने बताएका छन्।

ती शिक्षकले के पढाउँथे?

फ्रेन्च पत्रिका मोन्देका अनुसार मारिएका ती शिक्षक इतिहास र भूगोल पढाउँथे। उनले कक्षामा अभिव्यक्ति स्वतन्त्रका चर्चा गर्दै शार्ली एब्दो पत्रिकामा छापिएको पैगम्बर मोहम्मदको कार्टुन देखाएका थिए।

फ्रेन्च मिडियाका अनुसार यस महिनाको सुरुवातमा केही मुसलमान अभिभावकले यसबारे शिक्षकलाई गुनासो गरेका थिए।

आक्रमणकारी यसरी मारिए

घटना विवरणअनुसार ती व्यक्तिले एउटा ठूलो चक्कु लिएर शिक्षकलाई हमला गरे र उनको टाउको छिनादिए। त्यसपछि उनी भागे। तर स्थानीय तुरुन्तै प्रहरीलाई खबर गरे।

प्रहरीले उनलाई लेखेट्दै आत्मसमर्पण गर्न भने। तर ती व्यक्तिले मानेनन्। उल्टै प्रहरीलाई धम्की दिए। त्यसपछि प्रहरीले उनीविरुद्ध गोली हान्यो। त्यसको केही समयपछि उनको मृत्यु भयो।

आक्रमण भएको क्षेत्र प्रहरीले सिल गरेको छ भने कसैलाई पनि त्यहाँ नजान सूचना जारी गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .