राजनीति


निको नभई ट्रम्प अस्पतालबाट डिस्चार्ज, बाइडेन भन्छन्ः ट्रम्पले कोरोना भाइरसलाई खेलाँची ठाने

निको नभई ट्रम्प अस्पतालबाट डिस्चार्ज, बाइडेन भन्छन्ः ट्रम्पले कोरोना भाइरसलाई खेलाँची ठाने

नेपालखबर
असोज २०, २०७७ मंगलबार ७:३१,

अस्पतालबाट डिस्चार्ज हुन अगाडि ट्रम्पले ट्वीटमा भनेका थिए,‘म चाँडै चुनाव प्रचार–प्रसारमा फर्कनेछु।’

डाक्टरहरुका अनुसार ट्रम्प कोरोनाबाट पुरै निको भइसकेका छैनन् यद्यपी गएको २४ घण्टामा उनको स्वास्थयमा व्यापक सुधार आएको छ।

ट्रम्प कोरोना नेगेटिभ देखिएको अथवा नदेखिएको विषयमा हालसम्म कुनै औपचारिक जानकारी प्रदान गरिएको छैन।

अस्पतालबाट डिस्चार्ज भएका ट्रम्पलाई अब राष्ट्रपतिको सरकारी निवास ह्वाइट हाउसमै विशेष डाक्टरहरले उपचार गर्ने बताइएको छ।

यसबीचमा अमेरिकी राष्ट्रपतिका लागि दौडमा रहेका डेमोक्रेटिक पार्टीका उम्मेदवार तथा पूर्व उपराष्ट्रपति जो बाइडेनले राष्ट्रपति ट्रम्पको आलोचना गरेका छन्।

कोरोनाबाट निको नभई फर्किएपनि ट्रम्पले हालै ‘कोरोना भाइरसबाट डराउनु पर्दैन’ भनेका थिए। ट्रम्पले कोरोना भाइरसको खतरालाई खेलाँची ठानेको बाइडेनको आरोप छ।

ट्रम्पलाई कोरोना भाइरस संक्रमण हुँदा आफूलाई कुनै आश्चर्य नलागेको पनि बाइडेनको भनाइ छ।

उनी भन्छन्,‘जो व्यक्ति मास्क लगाउन मान्दैनन्, व्यक्ति–व्यक्तिबीचको दुरीको नियम पालना गर्दैनन् मलाई लाग्छ कोरोना संक्रमित बन्नुमा उनीहरु आफैं जिम्मेवार छन्।’ एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad