राजनीति


सरकारको यस्तै रवैया रहे राज्यप्रणाली विघटन हुने र प्रतिगमन आउने खतरा : भट्टराई

सरकारको यस्तै रवैया रहे राज्यप्रणाली विघटन हुने र प्रतिगमन आउने खतरा : भट्टराई

नेपालखबर
असोज १७, २०७७ शनिबार ९:४७,

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारको ध्यान महामारी नियन्त्रणभन्दा चुनाव हारेका व्यक्तिलाई व्यवस्थापन गर्नतर्फ केन्द्रित भएको आरोप लगाएका छन्।

अहिले कोरोनाका कारण पीडामा रहेका जनताहरुको समस्या समाधानभन्दा सरकार र सत्तारुढ दल चुनाव हारेका व्यक्तिहरुको व्यवस्थापनमा केन्द्रित भएको उनले बताए।

विभिन्न माग राख्दै अनसनमा रहेका विभिन्न सञ्चार माध्यमका पत्रकारहरुलाई भेट्दै भट्टराईले निर्वाचन हारेका व्यक्तिको व्यवस्थापनमा समय खेर फालेर सरकारले गैरजिम्मेवार भूमिका निर्वाह गरिरहेको बताए। जनता समाजवादी पार्टीका नेतासमेत रहेका भट्टराईले पार्टी र सर्वोच्च अदालतले समेत आफ्नो समय चुनाव हारेका व्यक्तिको व्यवस्थापन कसरी गर्ने भन्नेमा केन्द्रित रहेको आरोप लगाए।

उनले महामारीका कारण भोकै मरिरहेका जनतातिर सरकारले ध्यान दिन नसकेको बताए। उनले सरकारको यस्तो रवैयाले राज्य प्रणाली विघटन हुने र प्रतिगमनको लहर आउने खतरा समेत रहेको बताए।

 विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकार कर्मचारीहरु कोभिडको बाहना देखाउँदै जागिरबाट निकालेको, राज्यले तोकेको सेवा सुविधा नदिएको भन्दै तीन दिनदेखि रिले अनसनमा रहेका छन्। उनीहरुसँगको भेटमा डा. भट्टराईले कोभिडको महामारीका बेला सरकारले गर्नुपर्ने काममा सचेत गराउन श्रमजीवी पत्रकाहरुले ठूलो भूमिका खेलिरहेको बताए। सरकारलाई सचेत गराउन श्रमजीवी पत्रकारुले गरेको जस्तो मिहेनत राजनीतिक दलहरुले गर्न नसकेकोमा आफू लज्जित रहेको समेत भट्टराईले बताए।

कोभिडलाई बाहना देखाउँदै जवरजस्ती निकालिएका कर्मचारीलाई निःशर्त पूनर्वाहली गर्नुपर्ने, तोकिएको पारिश्रमिक दिनुपर्ने, जवरजस्ती राजीनामा दिन बाध्य पारिएको, बदनियतपूर्ण सरुवा गर्ने निर्णयहरु खारेज गर्नुपर्ने माग राख्दै विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरु आन्दोलित भएका हुन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad