कारोबार


नेपालमा पहिलोपटक डिशहोमबाट हिन्दी फिल्म रिलिज, ५ सयमा सहपरिवार हेर्न सकिने

नेपालमा पहिलोपटक डिशहोमबाट हिन्दी फिल्म रिलिज, ५ सयमा सहपरिवार हेर्न सकिने

नेपालखबर
असोज १७, २०७७ शनिबार ९:३२,

हिन्दी फिल्म ‘खाली पिली’ ग्लोबल रिलिजसँगै नेपालमा टेलिभिजन सेवा प्रदायक डिशहोमबाट पनि रिलिज भएको छ।

नेपालमा डिशहोम टेलिभिजनबाट हिन्दी फिल्म रिलिज भएको यो पहिलो पटक हो।

शुक्रबार ग्लोबल रिलिज भएको यो फिल्म डिशहोमबाट पनि सँगसँगै रिलिज भएको भएको डिशहोमका प्रबन्ध निर्देशन सुदीप आचार्यले बताए।

डिशहोममा रिलिज भएसँग अब नेपाली दर्शकले ‘पे फर भ्यु’ प्रणालीबाट यो फिल्म हेर्न सक्नेछन्। ‘पे फर भ्यु’ यसको अर्थ के हो भने दर्शकले फिल्म हलमा गएर टिकट काटेर हेरेजस्तै यसमा पनि शुल्क तिरेर हेर्न सकिन्छ। फिल्म हलमा टिकट काट्दा एक जनालाई एउटा मात्र टिकट हुन्थ्यो भने डिशहोमबाट हेर्दा एउटा शोको शुल्क तिरेपछि परिवार सबै बसेर हेर्न सकिन्छ।

एक शोेको शुल्क ५ सय र भ्याटसहित ५६५ रुपैयाँ रहेको निर्देशक आचार्यले बताए। ‘यो एक भ्यालु एडेट सर्भिस हो,’ आचार्यले भने, ‘शो अनुसार शुल्क तिर्नुपर्छ।’

डिशहोमले विदेशी फिल्म हेर्नको लागि भनेर ‘सिनेमाघर इन्टरनेसनल’ भनेर ९९९ च्यानल चलाएको छ। यो हिशहोमको च्यानलभन्दा पनि ‘भ्यालु एडेड सर्भिस’ भनेर बुझ्न सकिने आचार्यको भनाइ छ।

नेपालका फिल्म हलहरु कोरोना भइरस संक्रमणका कारण ६ महिनादेखि बन्द छन्। फिल्म हलमा चलचित्र रिलिज हुन नपाएपछि नेपालको लागि डिशहोमबाट यो रिलिज भएको हो।

जि स्टुडियोले संसारभर रिलिज गरेको यो फिल्म भारतमा भने विभिन्न सामाजिक सञ्जालहरु (ओटीटी प्लेफर्म)मा रिलिज गरेको छ।

सामान्यतया हिन्दी फिल्म हलबाट रिलिज हुँदै आएका थिए तर यो पहिलो पटक नेपालमा डिशहोम टेलिभिजनबाट रिलिज भएको हो।टेलिभिजनमार्फत ग्लोबल रिलिज हुँदा नेपालमा पनि टेलिभिजनमार्फत पहिलोपटक हिन्दी फिल्म रिलिज भएको आचार्यले बताए।

‘खालीपीली’ एक रोमान्टिक एक्सन फिल्म हो। जी स्टुडियोको ब्यानरमा आएको यो फिल्म इशान खतर र अनन्या पाण्डेयले प्रमुख भूमिकामा छन्।

यो फिल्म डिशहोमबाट बिहान १ बजेदेखि बेलुका सात बजेसम्म ८ सो लाग्छ। बिहानको समयमा १ बजे, ४ बजे, ७ बजे र १० बजे गरी तीन सो लाग्छ भने बेलुका ७ बजे, १० बजे, १ बजे, ४ बजे र ७ बजे गरी ५ सो हेर्न सकिन्छ।

डिशहोमको ग्राहक सेवा केन्द्रमा फोन गरेर वा डिशहोमको एपबाट सो बुकिङ गर्न सकिन्छ। यसअघि डिशहोमले नेपाली फिल्म पनि देखाउँदै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad