क्यारिबियन टापु मुलुक बार्बेडोसले आफ्नो राष्ट्रप्रमुखको पदवीबाट बेलायती महारानी एलिजावेथलाई हटाउने घोषणा गरेको छ। त्यसपछि बार्बेडोस गणतन्त्र बन्नेछ।
‘हाम्रो औपनिवेशिक अतीतलाई पूरै त्याग्ने समय आएको छ,’ बार्बेडोसको सरकारले भनेको छ।
यो प्रक्रिया नोभेम्बर २०२१ सम्ममा सम्पन्न गर्ने सो मुलुकले बताएको छ।
प्रधानमन्त्री मिया मोट्लीले बार्बेडोसका जनताले आफ्नै मुलुकको नागरिकलाई राष्ट्रप्रमुख बनाउन चाहेको बताइन्।
बार्बेडोसकी प्रधानमन्त्री मिया मोट्ली
बार्बेडोस सन् १९६६ मा बेलायतबाट स्वतन्त्र भएको थियो। त्यसपछि गणतन्त्र घोषणा हुनुपर्ने माग उठ्दै आएको छ।
यसअघि नै १९७० मा गुयना, १९७६ मा ट्रिनिडाड एन्ड टोबागो र १९७८ मा डोमिनिका गणतन्त्र बनिसकेका छन्। एजेन्सी

प्रतिक्रिया