कारोबार


घर बनाउन चाहनेले कुन बैंकमा पाउँछन् सस्तो ऋण?

घर बनाउन चाहनेले कुन बैंकमा पाउँछन् सस्तो ऋण?

नेपालखबर
भदौ ३१, २०७७ बुधबार १०:१२,

यो वर्षको सुरुदेखि नै कोरोना कहरको कारण आर्थिक गतिविधि बढ्नसकेको थिएन। तर यसको बाबजुद सरकारले अब सबै क्षेत्र खुल्ला गर्दै गइरहेको छ। योभन्दा अघि घर बनाउन चाहनेले पनि निर्माण सामग्रीदेखि बैंकको ऋण लिने प्रक्रिया समेत सुरु गर्न पाएका थिएन्।

तर अब बैंकहरुले पनि ब्याजदररहित ऋणको लागि आह्वान समेत गरिसकेको छ। बैंकहरुले गरेको नयाँ सूचनाअनुसार हरेक बैंकको कर्जा फरक–फरक छ।

बैंकले जारी गरेको सूचनाअनुसार राष्ट्रिय वाणिज्य बैंकले घर कर्जामा न्यूनतम ७ दशमलव ३ प्रतिशतदेखि अधिकतम ८ दशमलव ८ प्रतिशतसम्म ब्याजदर तोकेको छ। यसमा ५ वर्षसम्मका लागि ७ दशमलव ३ प्रतिशतदेखि ७ दशमलव ८० प्रतिशतसम्म र १० वर्षका लागि ७ दशमलव ८० प्रतिशतदेखि ८ दशमलव ३ प्रतिशतसम्म र १५ वर्षका लागि ८ दशमलव ३ प्रतिशतदेखि ८ दशमलव ८ प्रतिशतसम्म ब्याजदर रहेको जानकारी दिएको छ।

त्यस्तै मेगा बैंकले १३ दशमलव ३ प्रतिशतमा घर कर्जा प्रवाह गर्नसक्ने बताएको छ। नेपाल इन्भेष्टमेन्ट बैंकले ७ वर्षे घर कर्जाको १० दशमलव ५० प्रतिशत र १० वर्षे घर कर्जाको १२ दशमलव ५० प्रतिशत ब्याजदर निर्धारण गरेको छ। नबिल बैंकको घर कर्जा अधिकतम १२ दशमलव १९ प्रतिशतमा पाउन सकिनेछ।

एभरेष्ट बैंकले घर कर्जा १२ दशमलव ४८ प्रतिशतको दरमा दिने जनाएको छ। गत वर्षको तुलनामा घर कर्जाको दर घटेको छ।

गत वर्ष धेरै बैंकको १४ प्रतिशतभन्दा माथि रहेको थियो। साथै बैंकहरुले कर्जा प्रवाहपछि समेत दर बढाउने गरेका थिए। तर यो वर्षदेखि बैंकले कर्जा प्रवाह गर्दाकै रेट अन्तिम विन्दुसम्म कायम राख्नुपर्नेछ। अन्यथा उक्त बैंकविरुद्ध नेपाल राष्ट्र बैंकमा उजुरी गर्न सकिनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad