ad ad

राजनीति


काठमाडौंका कांग्रेस नेता गोविन्द रञ्जितको कोरोना संक्रमणबाट निधन

काठमाडौंका कांग्रेस नेता गोविन्द रञ्जितको कोरोना संक्रमणबाट निधन

नेपालखबर
भदौ ९, २०७७ मंगलबार १०:३३,

नेपाली कांग्रेस काठमाडौं महानगरपालिका–२१ कार्यसमितिका सभापति गोविन्द रञ्जितको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।

६७ वर्षीय रञ्जितको उपचारका क्रममा मंगलबार विहान निधन भएको हो ।

‘संक्रमण भएपछि उहाँलाई केहि दिनअघि सशस्त्र प्रहरी अस्पताल बलम्बुमा राखिएको थियो। आज मृत्यु भयो,’ सो वडाका अध्यक्ष उदय चुडामणी बज्राचार्यले नेपालखबरसँग भने।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयका अनुसार रञ्जितले वि.सं. २०३६ सालदेखि विद्यार्थी आन्दोलनबाट राजनीतिक जीवन सुरु गरेका हुन्।

‘रञ्जितले पार्टी संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो,’ कांग्रेस केन्द्रीय कार्यालयले भनेको छ, ‘उहाँको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्नु भएको छ। सभापति देउवाले उहाँमा भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै आत्माको चिर शान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनमा नेपाली कांग्रेस र आफ्नो व्यक्तिगत तर्फबाट हार्दिक समवेदना प्रकट गर्नु भएको छ।’

उनको निधनमा कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा, पूर्वमन्त्री नवीन्द्रराज जोशी लगायत नेताहरुले सामाजिक सञ्जालमार्फत् श्रद्धाञ्जलि व्यक्त गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .