ad ad

कला


सन्जु बाबाको ‘उठ्न देऊ’ सार्वजनिक (भिडियो)

सन्जु बाबाको ‘उठ्न देऊ’ सार्वजनिक (भिडियो)

नेपालखबर
भदौ ९, २०७७ मंगलबार १०:३९,

गायक मानस राजको सुमधुर आवाजमा सजिएको गित ‘उठ्न देऊ’ को म्युजिक भिडियो सार्वजनिक भएको छ।

फरक शैलीका गीत तथा पृथक शैलीको म्युजिक भिडियोहरु नेपाली सांगीतिक बजारमा ल्याएर करडौं संगीतप्रेमी नेपालीहरुको मन जित्न सफल गायक मानस राजले यसपाली भने अझ पृथक सत्य घट्नामा आधारित म्युजिक भिडियो दर्शकसामु लिएर आएका छन्।

‘भाइरल भैदियो’ ‘मै हुँ हिरो’ र ‘दिलको ट्रेण्डिङ’ जस्ता सर्वाधिक चर्चामा रहेको गित पछि उनले अहिले ‘उठ्न देऊ’ लिएर आएका छन्।

ड्रग्स एडिक्ट तथा कुलतमा फसेकाहरुलाई हाम्रो समाज, घर परिवारले गर्ने ब्यबहार र घृणालाई म्युजिक भिडियो मार्फत देखाइएको छ।

सत्य घटनामा आधारित सञ्जीव क्षेत्री अर्थात सन्जु बाबाले बाल्यकाल देखिनै कुलतमा फसेर भोग्नु परेको दुःख पीडा, सामाजिक बहिस्कारलाई भिडियोमा जस्ताको त्यस्तै देखाउन खोजिएको छ भने भिडियोको अन्तिममा सन्जु बाबा कसरि कुलत बाट छुट्कारा पाएर सामाजिक जीवननमा फर्के भन्ने कुरा आकर्षक ढंगबाट प्रस्तुत गरिएको छ।

सन्जु बाबालाइ उक्त भिडियोमा दुई पक्ष सकारात्मक तथा नकारात्मक रुपमा निर्देशकले अभिनय गराएका छन्। सन्जु बाबा सँगै ३ वर्षीय बाल कलाकार क्रिभिशेषको लोभलाग्दो जिबन्त अभिनय समेत देख्न सकिनेछ।

मनिस बसिष्ठको शब्द, गायक मानस राजको आफ्नै स्वर र संगीत रहेको गितलाइ प्रदिप जोशीले एरेन्ज गरेका हुन्। भिडियोमा छायाँकार रिक्की कर्माचार्यले छायांकन तथा सम्पादन रहेको छ, त्यसैगरि भिडियोलाई गायक मानस राज स्वयंले निर्देशन गरेका छन् भने सहायक निर्देशक प्रभाकर न्यौपाने रहेका छन्।

सार्वजनिक भिडियोमा सन्जु बाबा, क्रिभिशेष खड्का, संगीता थापा, रोजन बराइली र प्रविन तामाङ वाइबालाइ फिचर्ड गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .