राजनीति


पोखरा विश्वविद्यालयमा पदाधिकारी माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन

पोखरा विश्वविद्यालयमा पदाधिकारी माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन

नेपालखबर
साउन १५, २०७७ बिहिबार १०:३६,

पोखरा विश्वविद्यालयमा विगत एघार महिनादेखि रिक्त पदाधिकारीहरुको नियुक्तिको माग गर्दै विद्यार्थी नेताहरुले प्रधानमन्त्री तथा कूलपति केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएका छन्।

विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी यूनियनका संस्थापक सभापति सुनिल तिमिल्सिना र पोखरा इनिजनियरिङ कलेजको स्वतन्त्र विद्यार्थी परिषदका सभापति किशोर सुवेदीले संयुक्त रुपमा सो ज्ञापन पत्र बुझाएका हुन्।

ज्ञापन पत्र बुझ्दै प्रधानमन्त्री ओलीले पदाधिकारी नियुक्ति छिटै हुने आश्वासन दिएको भेटमा सहभागी विद्यार्थी नेता सन्तोष पोख्रेलले जानकारी दिए।

विगत ११ महिनादेखि उपकूलपति, रजिष्ट्रार, डिन, कार्यकारी परिषद, प्राज्ञिक परिषद, परीक्षा नियन्त्रक, परीक्षा समिति, निर्देशक लगायतका पदहरु रिक्त हुँदा विश्वविद्यालयका गतिविधिहरु ठप्प छन्। यही कारण गत वर्षको दीक्षान्त, विद्यार्थीहरुको परीक्षा, परीक्षाफल प्रकाशन, शैक्षिक कागजात वितरण, अनलाइन कक्षा तथा परीक्षाबारे नीतिगत निर्णय, बजेट सभा आदि हुन सकेको छैन।

यी समस्याका कारण पोखरा विश्वविद्यालयका विद्यार्थीहरु लकडाउन अन्त्य लगतै आन्दोलनमा उत्रिएका छन्। यसैको निरन्तरतामा अनेरास्ववियूले प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको संगठनका पोखरा इन्जिनियरिङ कलेज कमिटीका अध्यक्ष सुन्दर गिरीले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad