राजनीति


रास्वपामा जुटेन सहमति, पदाधिकारीका लागि मतदान

रास्वपामा जुटेन सहमति, पदाधिकारीका लागि मतदान

नेपालखबर
असार १२, २०८३ शुक्रबार १३:४३, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँच जना पदाधिकारी निर्वाचनबाटै छानिने भएका छन्। 

सभापति रवि लामिछानेले सहमतिको प्रयास जारी राखे पनि उम्मेदवारी दिएका आकांक्षीले चुनाव गरेरै जाने अडान लिएका थिए। एक महिला उपसभापति, एक महामन्त्री, एक महिलासहित तीन सहमहामन्त्री चयनका लागि सर्वसम्मत प्रयास जारी राखे पनि उम्मेदवारी दिएका नेताहरूले नाम फिर्ता नलिएपछि मतदानबाटै चयन गरिने भएको हो। 

चितवन उद्योग संघको प्रदर्शनी केन्द्रस्थित हलमा भरखरै मतदान प्रक्रिया अघि बढेको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ। विद्युतीय मेसिनबाट प्रतिनिधिले मत दिनेछन्। पाँच पदका लागि २२ जना उम्मेदवार छन्। 

गए राति मात्र ९९ जना केन्द्रीय सदस्य निर्वाचित भएका थिए। केन्द्रीय सदस्य जितेकाबाट पदाधिकारी चयन गर्ने व्यवस्था छ।

महिलातर्फ उपसभापतिमा सोविता गौतम र तोषिमा कार्की प्रतिस्पर्धामा छन्। त्यस्तै, महामन्त्रीमा विपिन आचार्य, मनीष झा, सागर ढकाल र गणेश कार्की उम्मेदवार छन्। अन्य ६ जनाले उम्मेदवारी फिर्ता लिएका थिए। 

यसैगरी दुई सह-महामन्त्री पदका लागि रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, असीम शाह, अशोककुमार चौधरी, मिलन लिम्बू, पुकार बम, राजिव खत्री, विजय जैरू, हरि ढकाल र हिमेश पन्तसहित ११ जना प्रतिस्पर्धामा छन्। 

त्यसैगरी, एक महिला सहमहामन्त्रीको लागि जुली यादव, जमुना शर्मा, कामिनीकुमारी चौधरी, निशा डांगी र रिमा विश्वकर्माको उम्मेदवारी परेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad