नेपालमा पछिल्लो २४ घण्टामा थप २२७ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्केका छन्।
बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले थप २२७ जना कोरोना संक्रमित निको भएको बताए।
योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या १४ हजार २४८ पुगेको छ।

प्रतिक्रिया