राजनीति


६ पदका लागि २४ उम्मेदवार प्रतिस्पर्धामा, सर्वसम्मत बनाउने रविको प्रयास जारी

६ पदका लागि २४ उम्मेदवार प्रतिस्पर्धामा, सर्वसम्मत बनाउने रविको प्रयास जारी

नेपालखबर
असार १२, २०८३ शुक्रबार १२:५३, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पदाधिकारी सर्वसम्मत चयन गर्ने प्रयास असफल भएको छ।

उपसभापति, महामन्त्री र सहमहामन्त्री गरी जम्मा प्रत्यक्ष निर्वाचित हुने ६ पदका लागि आकांक्षी धेरै भएपछि निर्वाचन गर्नैपर्ने बाध्यता सभापति रवि लामिछानेमाथि छ। गए राति केन्द्रीय सदस्य निर्वाचित भएको टुंगो लागेपछि पदाधिकारी चयनका लागि सर्वसम्मत प्रयास भएको थियो। यद्यपि, आकांक्षीले दाबी नछोड्दा उनी सफल भएका छैनन्।

अहिले महिला उपसभापति, महामन्त्री र सहमहामन्त्रीको चुनावको तालिका निर्वाचन आयोगले निकालेको छ। महाधिवेशन प्रतिनिधि मत दिनको लागि लाइनमा लागेका छन्।

अहिलेसम्म उपसभापतिमा सोविता गौतम र तोषिमा कार्कीको उम्मेदवारी कायम छ। तर, महामन्त्रीमा उम्मेदवारी दिएका पाँच जनाले फिर्ता लिएर विपिन आचार्यलाई समर्थन गरेका छन्।

एक महामन्त्रीका लागि राजुनाथ पाण्डे, मनीष झा, रञ्जु दर्शना, गणेश कार्की, सागर ढकाल र विपिन आचार्य रहेका छन्।

यसैगरी दुई सह-महामन्त्री पदका लागि रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, असीम शाह, अशोककुमार चौधरी, मिलन लिम्बू, पुकार बम, राजिव खत्री, विजय जैरू, हरि ढकाल र हिमेश पन्तसहित ११ जना प्रतिस्पर्धामा छन्। 

त्यसैगरी, एक महिला सहमहामन्त्रीको लागि जुली यादव, जमुना शर्मा, कामिनीकुमारी चौधरी, निशा डांगी र रिमा विश्वकर्माको उम्मेदवारी परेको छ।

अझै पनि केही समय उम्मेदवारी फिर्ताको लागि दिइएको छ। त्यसपछि उम्मेदवारको अन्तिम सूची प्रकाशन गरेर निर्वाचन गर्ने रास्वपा केन्द्रीय निर्वाचन आयोगका प्रमुख भुवन केसीले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad