राजनीति


संसदीय समितिका सभापतिहरुलाई अस्वस्थ प्रतिस्पर्धा नगर्न सुझाव

संसदीय समितिका सभापतिहरुलाई अस्वस्थ प्रतिस्पर्धा नगर्न सुझाव

नेपालखबर
साउन ५, २०७७ सोमबार ११:१६,

संघीय संसदमा रहेका बिभिन्न समितिहरुबीच कार्यक्षेत्र लगायतका विषयमा विवाद भएपछि समितिका सभापतिहरुलाई आपसमा अस्वस्थ प्रतिस्पर्धा नगर्न सुझाव दिइएको छ।

प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपाध्यक्ष शशीकला दाहालसहित संसदीय समितिका सभापतिहरु सहितको संयुक्त बैठकमा सो सुझाव दिइएको हो।

सोमबार बसेको सो बैठकमा प्रतिनिधि सभा र राष्ट्रिय सभाका समितिका सभापतिहरुको उपस्थिति थियो।

समितिहरुबीच कार्यक्षेत्र जुधेको, समन्वयको अभाव भएको, कोरोना संकटका कारण दूरी कायम गरी बैठक गर्न पर्याप्त हल तथा प्राविधिक पक्ष र स्रोत साधनको अभाव रहेकोबारेमा छलफल भएको थियो।

‘कार्यक्षेत्र जुधेको बारेमा पनि छलफल भयो। त्यसमा आपसी छलफल गरेर आवश्यकता आधारमा काम गर्दै जानुपर्छ,’ सभामुख सापकोटाले बैठकपछि सञ्चारकर्मीहरुसँग भने, ‘तर समितिहरुबीच अस्वस्थ प्रतिस्पर्धा गर्नुहुन्न भन्ने समझदारी बनेको छ।’

House Committee chairs 1

छलफलमा सभापतिहरुले समन्वय अभाव भएको विषयमा कुरा उठाएका थिए।

संघीय संसदको दुवै सदनमा गरी कुल १६ समिति छन्।

बैठकमा प्रतिनिधि सभाका १० मध्ये ८, राष्ट्रिय सभाका ४ र संयुक्त समितिका २ मध्ये १ गरि १३ जना सभापतिहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad