समाज


१७ हजार ८४४ संक्रमितमध्ये ११ हजार ८६८ जनाले जिते कोरोना संक्रमण

१७ हजार ८४४ संक्रमितमध्ये ११ हजार ८६८ जनाले जिते कोरोना संक्रमण

नेपालखबर
साउन ५, २०७७ सोमबार ११:१०,

नेपालमा सोमबारसम्म १७ हजार ८ सय ४४ जना संक्रमित पुग्दा ११ हजार ८ सय ६८ जनाले कोरोना भाइरसको संक्रमण जितेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज निको भई डिस्चार्ज भएका १ सय ७३ समेत गरी उक्त संख्यामा संक्रमणमुक्त भएको जानकारी दिएको हो।

सोमबार १ सय ८६ जना संक्रमित थपिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। नेपालमा निको हुने दर पनि राम्रो रहेको छ। आजसम्म ६६.५१ प्रतिशत संक्रमित निको भएका छन्।

त्यस्तै, पछिल्लो २४ घण्टामा १ जनामात्रै रेड जोनमा रहेका छन्। अर्घाखाँचीका १ जनामात्रै रेड जोनमा रहेको मन्त्रालयले बताएको छ।

देशभरका २७ प्रयोगशालामा ४ हजार २ सय १६ जनाको थप पीसीआर परीक्षण गरिएको छ भने २२ हजार २ सय २८ क्वारेन्टिनमा रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad