राजनीति


‘हामी धेरै जान्दैनौँ, मूल्यवृद्धि मान्दैनौँ’ भन्दै आयल निगम अगाडि नेविसंघको प्रदर्शन

‘हामी धेरै जान्दैनौँ, मूल्यवृद्धि मान्दैनौँ’ भन्दै आयल निगम अगाडि नेविसंघको प्रदर्शन

नेपालखबर
असार २८, २०७७ आइतबार ८:१,

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेपाल विद्यार्थी संघले प्रदर्शन गरेको छ।

लकडाउनका कारण दैनिक गतिविधि ठप्प हुँदा जनतालाई दैनिकी चलाउन समस्या भइरहेको अवस्थामा मूल्यवृद्धि गर्नु उचित नभएको भन्दै नेविसंघले प्रदर्शन गरेको हो।

नेपाल आयाल निगमले गरेको मूल्यवृद्धि फिर्ता गर्न माग राख्दै गत बुधबार नेविसंघले ज्ञापनपत्र बुझाएको थियो। ज्ञापनपत्र बुझाएपछि शुक्रबार पुनः मूल्यवृद्धि भएपछि नेविसंघ सडकमा उत्रिएको हो।

Image may contain: 3 people, crowd, shoes and outdoor

दैनिक रोजगारी गरेर खाने आम जनताको अवस्था भयावह हुँदै गएको अवस्थामा सरकारले महँगी बढाएर जनताको ढाड भाँच्न थालेपछि यसको विरुद्धमा सडकमा उत्रिनुपरेको नेविसंघ अध्यक्ष राजिव ढुंगानाले बताए।

 सरकारले अहिलेको अवस्थामा नियोजित ढंगले जनतालाई दुःख दिने गरी मूल्यवृद्धि गरेको उनले बताए। मूल्यवृद्धि फिर्ता नलिएसम्म आन्दोलन जारी रहने उनको भनाइ छ। बबरमहलमा भएको प्रदर्शनमा सहभागीहरुले ‘जनता मार्न पाईदैन’, ‘भ्रष्टाचारी सरकार राजीनामा दे’, ‘हामी धेरै जान्दैनौँ, मूल्यवृद्धि मान्दैनौँ’, ‘सरकार तेरो पाराले दुःख पाए साराले’ नारा लगाएका थिए।

Image may contain: 11 people, people standing and outdoor

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad