डिशहोमको डिलर दाइको डिस्काउन्ट अफरमा फेरि दुई जनाले जनही १ लाख नगद जितेका छन्।
कम्पनीका अनुसार यही २६ गते भएको लक्की ड्रमा सेटअप बक्सको क्यास आईडी ७१९१३०९४८७७ र ७१९१४०८१९१५ नम्बरका दुई जना विजेता बनेका हुन्।
यही असार १९ देखि असार २५ गतेसम्म फन्ड ट्रान्सफरबाट वार्षिक रिचार्ज गर्ने ग्राहकलाई समावेश गरेर लक्की ड्र सम्पन्न भएको हो।
हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमको शोकेस च्यानल नं. १०० र १०१ तथा रमाइलो टिभीमा लाइभ लक्की ड्रमार्फत २ जना भाग्यशाली विजेता छनौट हुन्छन्। यसमा दुई विजेतालाई कम्पनीले जनही १ लाख नगद दिएर पुरस्कृत गर्दै आएको छ।
कम्पनीको यो अफर लोकप्रिय भएको छ। सोही कारण कम्पनीले यसलाई निरन्तरता दिने भएको छ।
3
Shares

प्रतिक्रिया