राजनीति


दुई देशबीच वैमनस्यता बढिरहेका बेला चीनको क्षेत्रमा अमेरिकाको युद्ध अभ्यास!

दुई देशबीच वैमनस्यता बढिरहेका बेला चीनको क्षेत्रमा अमेरिकाको युद्ध अभ्यास!

नेपालखबर
असार २५, २०७७ बिहिबार ३:४७,

अमेरिका र चीनबीच वैमनस्यता बढिरहेका बेला अमेरिकाले दक्षिणी चीन सागरमा आफ्नो गतिविधि बढाएको छ।

दुईवटा नौसेना विमानवाहक जहाजमार्फत अमेरिकी सेनाले सोमबार दक्षिणी चीन सागरमा युद्ध अभ्यास गरेका हुन्।

यूएसएसका निमिट्सका कमान्डर रियर एडमिरले जेम्स कर्कले समाचार एजेन्सी रोयटर्ससँग फोनमा भने, ‘हामीले उनीहरूलाई देख्यौं, उनीहरूले हामीलाई।’

चीनको विदेश मन्त्रालयका अनुसार अमेरिकाले नियतवश दक्षिणी चीन सागमार आफ्ना जहाज पठाएका हुन्, आफ्नो शक्ति प्रदर्शन गर्ने उद्देश्यले। यसरी उसले यस क्षेत्रका देशीबीच झगडा गराउने प्रयास गरिरहेको चिनियाँ विदेश मन्त्रालयको आरोप छ।

यसरी अमेरिकाले चीनको क्षेत्रमा आफ्नो शक्ति प्रदर्शन गरेको यो पहिलोपटक भने होइन। तर यसपटक अवस्था अलि फरक देखिएको छ। कोरोना महामारीका कारण चीनविरुद्ध अमेरिकाले निरन्तर आरोप लगाइरहेको छ।

सेन्टर फर चाइन एनालाइसिस एन्ड स्ट्राटेजीका अध्यक्ष जयदेव रानाडेका अनुसार चीनले कोरोना महामारीका कारण अमेरिकाको नौसेना कमजोर भएको भनेको थियो। यसैकारण अमेरिकाले आफू कमजोर नभएको देखाउन यस्तो कदम चालेको हुन सक्छ।

उनका अनुसार अहिलेसम्म त स्थिति बिग्रिसकेको छैन। तर दक्षिणी सागरमा चिनियाँ जहाज तथा टापुमा चीनले राखेको रक्षा प्रणालीमा अवरोध पुर्याउने प्रयास गरियो भने तनाव बढ्न पनि सक्छ। उनले भने, ‘अगाडि हेर्दै जाऊँ के हुन्छ?’ बीबीसी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad