राजनीति


बालुवाटारमा ओली–प्रचण्ड वार्ता

बालुवाटारमा ओली–प्रचण्ड वार्ता

नेपालखबर
असार २४, २०७७ बुधबार ११:२३,

प्रधानमन्त्री एवं सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष  पुष्पकमल दाहाल प्रचण्डबीच वार्ता सुरु भएको छ।

बुधबार अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच वार्ता सुरु भएको प्रचण्डका प्रेस सहयोगी विष्णु सापकोटा जुगलले जानकारी दिए।

पार्टीभित्र देखिएको विवाद उत्कर्षमा पुगेपछि समाधानका लागि दुई अध्यक्ष विगत केही दिनदेखि निरन्तर वार्तामा छन्। आजको वार्ता पनि त्यसैको निरन्तरता भएको बताइएको छ।

‘पार्टीभित्र विवाद समधानका लागि दुई अध्यक्ष केही दिनदेखि एक्ला–एक्लै वार्तामा हुनुहुन्छ’, नेपालखबरसँग कुरा गर्दै सापकोटाले भने, ‘आजको वार्ता पनि त्यसैको निरन्तरता हो।’

यही असार १० गतेदेखि बसेको पार्टी स्थायी समितिको बैठकमा प्रधानमन्त्री ओलीको चर्को आलोचना हुनुका साथै प्रधानमन्त्री र अध्यक्षबाट राजीनामा दिनुपर्ने माग उठेपछि नेकपा फुटको संघारमा पुगेको छ।

विवाद समाधानका लागि भन्दै प्रधानमन्त्री ओली र प्रचण्ड–नेपाल समूहका विभिन्न तहका नेताहरुबीच पटक–पटक छलफल हुँदै आए पनि कुनै सहमति भएको छैन।

अध्यक्ष ओली र प्रचण्डबीचमा पटकपटक भएको छलफल पनि कुनै सहमतिमा पुग्न सकेको छैन।

क्ष ओली र प्रचण्डबीचमा पटकपटक भएको छलफल पनि कुनै सहमतिमा पुग्न सकेको छैन। सहमतिको स्ष्ट खाका तयार नगरी वार्ता भएका कारण आजको बैठकमा पनि ठोस् सहमति नहुने नेताहरुको भनाइ छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad